बिमान चोरेर उडाउने रिचार्ड रसेल र कर्मचारीबीचको रमाइलो कुराकानी
अमेरिकाको वाशिंटन राज्यको सियाटल स्थित टाकोमा अन्तररास्ट्रिय विमानस्थलमा शुक्रबार अगस्त १० मा एउटा अनौठो घटना घट्यो। विमानस्थलको ह्याङ्गरमा पार्किङ्ग गरिराखेको जहाज रिचार्ड रसेल नामक सोहि एयरलायन्सका कामदारले लिएर हिंडे । हिंडे लगत्तै एम १५ लडाकु जहाजले त्यसलाई पिछा गर्यो। करिव एक घण्टा पछि ३० माइल टाढा रहेको एउटा जंगलमा जहाज दुर्घटना भयो । दुर्घटनामा रसेलको मृत्यु भयो।
ध्वस्त भएको होराइजन एयरलायान्सको ७० सिट क्षमताको उक्त जहाजबाट ब्ल्याक बक्स बरामद भएको छ । बक्समा रसेल र विमानस्थलका कर्मचारीबीच को रमाइलो कुराकानी सार्बजनिक भएको छ । त्यति ठुलो घटना घटाउँदा पनि उनमा कुनै डर, पश्चात्ताप वा हडबडी देखिन्न । कस्तो सम्बाद भएको थियो त उनीहरु बीच ?
रसेल: मेरो बारेमा सोंच्नेहरु धेरै छन् । तर मैले यस्तो गरें भनेर उनीहरु नराम्रो मान्नेछन । म उनीहरु सबै संग माफी माग्न चाहन्छु । एउटा बिग्रेको मान्छे । सायद दिमागका केहि नटहरु ढिला भएको मान्छे, जुन बल्ल मैले पनि यतिबेला थाहा पाएँ । हे, के तिमीलाई लाग्छ कि यदि मैले यो जहाजलाई शकुसल अवतरण गरें भने अलास्का एयरलायन्सले मलाई पाइलटको जागिर दिन्छ ?
एयरपोर्ट कर्मचारी : मलाई लाग्छ यदि तिमीले यसलाई उतार्न सक्यौ भने जे पनि दिन सक्छ ।
रसेल : (नपत्याएर) तिमि ठिक भन्दैछौ ।
हे, तिमी ओलम्पिक खेलमा गएका छौ ? यी मान्छेहरु अत्यन्त राम्रा छन् ।
विमानस्थलका कर्मचारी: यदि तिमी अवतरण गर्न चाहान्छौ भने सबभन्दा राम्रो अगाडि देब्रे पट्टिको धावनमार्गमा अवतरण गर्नु हुनेछ । फेरी भन्छु, त्यो मेककार्ड क्षेत्र हो । यदि तिमी अपतरण गर्न चाहान्छौ भने त्यो नै सबभन्दा राम्रो उपाय हुनेछ र हेर्न सक्छौ कि तिमी त्यहाँ अवतरण गर्न सक्छौ कि सक्दैनौ भनेर । नत्र अर्को पाइलटले भने जस्तै अर्को उपाय पानीमा जहाज खसाल्न सक्छौ ।
रसेल : हत्तेरिका, के तिमी मेककार्ड क्षेत्रको मान्छेसंग कुरा गरि सक्यौ, मलाई लाग्दैन कि म त्यसो गर्न खुसि हुन्छु किनभने म त्यहाँ अवतरण गर्न सक्दिन र त्यसो गर्दा कुरो बिग्रिन सक्छ ।
कर्मचारी: म उनीहरुसंग कुरा गरिसकें । मैले भनिसकें कि हामी सबै तिमीला ई चोट नलागोस र अरु कसैलाई पनि चोट नलागोस भन्ने चाहन्छौं । त्यसैले मैले भने जस्तै यदि तिमी अवतरण गर्न चाहान्छौ भने त्यो नै सबभन्दा राम्रो जाने ठाउँ हो ।
रसेल : हे, म त्यो मामा व्हेल र उसको बच्चाको संयोजक भेट्न चाहन्छु । म उस लाई देख्न चाहन्छु । हे पाइलट, के तिमीलाई लाग्छ कि यो जहाज उल्टो पाल्टो पार्न सकिन्छ ? म एकचोटी त्यसो गर्न प्रयास गर्छु र हेर्छु कि त्यो राम्रो हुन्छ । मैले जहाजको नाक तल जोत्छु र यसलाई रात भन्छु । हे साथी, के तिमी ओलम्पिकमा गएका छौ ? यी मान्छेहरु अत्यन्त राम्रा छन् ।
कर्मचारी : अब जहाज सुरक्षित अवतरण गरौँ ताकि कोहि पनि जमिनमा रहेकाहरुलाई चोट नलागोस ।
रसेल : ल त ठिकै छ । तर हत्तेरिका, मैले त अवतरण गर्न नै जान्दिन, मैले जान्दिन । म चाहन्न, मैले आशा गरेको थिएँ कि त्यति नै होला । (जहाज दुर्घटना हुन्छ)
रिचार्ड रसेलले काम गर्ने होराइजन एयरलायन्सले अलास्का एयरलायन्ससंगको सहकार्यमा जहाज चलाउथ्यो । करिब साढे तिन बर्ष अघि उनले यो कम्पनीमा काम शुरु गरेका थिए । उनको कुनै नराम्रो रेकर्ड थिएन । जहाजका हरेक ठाउँमा जान पाउने पास उनीसंग थियो ।
साँझ साढे सात बजे उनले जहाज लिएर हिंडे । ल गत्तै दुइवटा एम १५ लडाकु जहाजले उनलाई घेरे ताकि कुनै आक्रमण गर्ने मनसाय छ भने सफल नहोस । तर रिचार्डले त्यसो गरेनन । भिडियो गेम खेलेर जहाज उडाउन उनले सिकेका थिए । उनीसंग न त पाइलटको तालिम थियो न प्रमाणपत्र नै । यो घटनाले विमानस्थलको सुरक्षाबारे प्रश्न त उठेको छ नै नजानेको मान्छेले कसरि जहाज उडायो होला भनेर धेरैमा कौतुहलता समेत उत्पन्न भएको छ ।