युएसएंडनेपाल डट कम सम्बाददाता, लन्डन । गल्कोट समाज युकेको दोस्रो अधिबेशन भब्य्ताका साथ सम्पन्न । अध्यक्ष मा राजु कंडेल सर्बसम्मत। दुई बर्ष पहिला स्थापना गरिएको संस्था गल्कोट समाज युकेले रेशम बुढाथोकीको नेतृत्वमा आफ्नो कार्यकाल सफलता पुर्बक सम्पन्न गरि दोश्रो अधिबेशन गत July 30 का दिन west midland स्थित westbromwich मा भब्यताका साथ सम्पन्न गरेको छ।उक्त अधिबेशन को सन्चालन निर्बर्तमान सचिब पुश्प दत्त उप्रेतीले गर्नुभएको थियो।
उक्त कार्यक्रममा गल्कोट समाज काठमाणडौ का अध्यक्ष प्रशान्त ढकाल ,नेपाल बाट आउनुभएका समाजसेवी हिरालाल खरेल ,युवा समाजसेवी धुर्बदत्त उप्रेती ,त्यसैगरी वरिष्ठ समाजसेवी तथा बिहुकोट हेल्प नेट्वोर्क का अध्यक्ष दयानि धी सापकोटा ,शान्ति नेपाली समाज बेलायत का संस्थापक अध्यक्ष काशी शर्मा, सृजन्शिल लेस्टरका भुतपुर्व अध्यक्ष पशुपति पोख्रेल ,नेपाली समाज नटिंघमका संस्थापक अध्यक्ष रण केसी ,एन आर एन युके का सचिब तारानाथ भण्डारी लगायतका विशेष ब्याक्तित्वको उपस्थिति थियो। उक्त कार्यक्रममा युकेको विभिन्न ठाँउहरुमा छरिएर रहेका गल्कोटे हरुको उल्लेख्य उपस्थितिले हल खचाखच भरिएको थियो।कार्यक्रमको स्वागत मन्तब्य ग स युके का संस्थापक उपाध्यक्ष गङाधर गौतमले गर्नुभएको थियो भने स्वागत नृत्य स्कटल्याण्डबाट आएका नानिहरुले गरेका थिए ।
भेलालाई सम्बोधन गर्दै ग स काठमाडौंका अध्यक्ष प्रशान्त ढकालले गलेकोटमा अहिलेको मुख्य समस्या स्वास्थ्य भएकालेे अस्पताल निर्माणमा योगदान गर्नुपर्ने र आवस्यक परेमा ग स काठमाडौ सहकार्य गर्न तयार रहेको बताउनु भयो ।तत्पश्चात ५ जानाको निर्वाचन मंडलीले ३०मिनेटको बन्दछल्फलको घोषणा गरि हलबाट बाहिरियेको थियो।तोकिएको समयमै उपस्थित प्रतिनिधिहरुले बरिस्ठ समाजसेवी तथा सृजन्शिल लेस्टर युकेका संस्थापक अध्यक्ष राजु कंडेललाई सर्बसम्मतिले अध्यक्ष पदमा चयन गरेकोथियो।
त्यसैगरी उपाध्यक्ष मा गोबिन्द कंडेल ,तुलक रेग्मी र भोजराज कंडेल ,सचिवमा डिलाराम गौतम ,सहसचिवमा सुजन गौतम ,कोशाद्छ्यमा चन्द्र साहनी,सहकोशाध्छ्यमा लिला खत्री र सदस्यहरुमा रेशम बहादुर बुढाथोकि , पुश्पदत्त उप्रेती ,सुरेश भण्डारी , डिलाराम गैरे, लक्ष्मण भण्डारी , बद्री गौतम , डिम्पलाल गैरे, श्याम खत्री, रुद्रलाल गैरे, देबिलाल गैरे, सुशिला गैरे, मंगला बस्नेत, तोरण ध्वज मल्ल , दुर्गा खड्का , जीवन भण्डारी , थम्मन खड्का , धनबहादुर केसी , दिपक साहनी , राम थापा , रन्जीला साहनी , किसन खत्री , राजु साहनी, छम गैरे छेत्री , बिष्णु श्रीस रहेका छन।