थानेश्वर गौतमको सुमधुर स्वरको गजल सार्बजनिक
नेपाली गीत संगीतमा चर्चाको शिखरमा पुगेको एउटा नाम हो थानेश्वर गौतम । नेपाली गीत संगीतमा नयाँ शैलीबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गौतमले संगीत बिषयमै स्नाकोत्तर गरेका छ्न भने क्लासिकल ,गजल, सालैजो , लोक, आधुनिक पन्चेबाजा,रोईला र अन्य सबै बिधाका गीतहरुलाई न्यायपुर्ण गाउने अदभूत गला भएका गौतम को “गाजल लगाइनछेउ”,”चोलिया को तुना”, “पिउने पनि रहर छ” छ म संग सबै छ ,छैन तिम्रै अभाब छ , राम प्यारी फ्लिमको छ्म छ्म ती पाउजुहरु” “स्याङ्जा गएं पाल्पा गए” ,”आमा”, “नाकमा फुलि “सालैजो मार्यो नि मायाले ,काले मा काले ,पोहोर सालको तीजमा नौलो” आफू त तिजमा पनि गजल गाईन्छ” ,तिम्रो कम्मर कति छ मैयाँ लगायत दर्जनौ चर्चित गीतहरु छन ।देश बिदेश मा स्टेज मा निकै ब्यस्त गायक गौतम स्टेज तताउन निकै माहिर छ्न र एकै जना गायक ले धेरै प्रकारका गीत गाउने उन्को खुबी सबैले खुलेर तारिफ गर्द्छ्न र बढी रुचाइन्छ्न , केहि समय अघि गौतमले मर्मस्पर्शी शब्दहरु “‘तिम्रो यादले पलपल रुवाउँछ आमा, तिमी बिना एक्लो भाको छु’”समेटेर आमा गीत बजारमा ल्याएका थिए जुन गीतले धेरैको आंखा रसाएको थियो।
हालै “पैसा मात्रै तिरि पाउने सुन होईन माया, औंसी संगै बिलाउने त्यो जुन होईन माया”बोलको गजलको भिडियो सहित सार्वजानिक भएको छ। यस गीतमा स्वर संगीत थानेश्वर गौतमको रहेको छ भने शब्द गणेश कंडेलको रहेको छ। पेशा ले इन्जिनियर गणेश कंडेलको यो पहिलो गजल हो आफ्नो फरक शैली लाई अपनाउने गजल गायक थानेश्वर गौतम उनको पहिलो रोजाइमा परे । यस गजललाई कृष्ण बिकले एरेन्ज गरेका छन । यस गजलको भिडियोलाई राजन केसी र ईश्वर बाबुले क्यामेरमा कैद गरेका हुन भने राजन केसीले नै सम्पादन गरेका छ्न । यस गितको भिडियो निर्देशन गौतम आफैले गरेका हुन । अझ यो गजल को रमाइलो अनि विशिष्ट पक्ष के छ भने नेपाली संगीतमा चर्चित वाद्यबादक हरु लाई संगै राखेर भिडियो तयार पारीएको छ जसमा बरिस्ठ बांसुरी बाद्क गोपाल देव त्यसै गरि चर्चित तवला बादक भुवन गन्धर्व अनि चर्चित सितार बादिका सितामैयां राजचल सहित हार्मोनियम स्वम गौतम ले नै बजाएका छ्न। सायद प्रत्यक्ष जस्ले बजाएको हो उहि संगीतकार राखेर बनाइएको यो पहिलो भिडियो हुनुपर्छ ।यस भिडियोलाई जननी नेपालको युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ। समाचार साभार: जननीनेपाल डट कम