श्रस्टा बिदुर तिम्सिनाले ल्याए राज सिग्देलको आवाजमा मन छुने गीत
“चोट दियौ यति धेरै यति धेरै थलि राछु अझैसम्म, थलिनुको मजा बेग्लै म लिराछु अझै सम्म” राज सिग्देलको स्वरमा नयाँ गीत बजारमा आएको छ । यो गीतका गीतकार टेक्सास निवासी बिदुर तिम्सिना हुनुहुन्छ । “उ जितेर गइ या हारेर गइ” भन्ने चर्चित गीतका गायक राज सिग्देलले यो गीतमा रहेका मार्मिक शब्दहरुलाई न्याय दिएका छन। चोट दियौ शिर्षकको उक्त गीतमा दिपक भट्टराईले संगीत दिएका छन् भने संयोजन सचिन सिंह, मिश्रण प्रकास मिश्र र ग्राफिक्स सुवास शमशेर गौतमले गरेका छन् । हालै मात्र रिलिज गरिएको यो गीतमा ओजिला शब्दहरुको प्रयोग गरिएको छ।
कुनै पनि गीत लोकप्रिय हुन यसको शव्दको ठुलो भूमिका हुन्छ । यसमा प्रयुक्त शव्दहरुले बिछोडमा पनि रमाएको संदेश समेत दिन खोजिएको छ । सन्देशमुलक र सकारात्मक संदेश दिने गीतहरु भन्दा नेपाली संगीत बजारमा बियोगान्त खाले गीतहरुको बाहुल्यता पाइन्छ । तर यो गीतका रचनाकार बिदुर तिम्सिनाले यो गीत मार्फत वियोगलाई पनि कलात्मक रुपमा शव्द चयनद्वारा संयोगान्तक बनाउन सफल भएका छन् । नेपाली गीत आकाशमा बलियो स्थान बनाउन सफल राज सिग्देलको स्वरमा सजिएको यो गीत धेरैले मन पराउने अनुमान श्रस्टा तिम्सिनाले आशा व्यक्त गरेका छन् । हामी पनि यसको सफलताको सुभकामना गर्दछौं ।
भिडियो निर्माण नभैसकेको यो गीत सुन्नको लागि तलको लिंकमा क्लिक गर्नु होला ….