६९ लाख संकलन गर्दै “द एक्स” को भब्य कार्यक्रम सम्पन्न

नेपाली गीत संगीत र सिनेमालाई टेवा पुर्याउने हेतुले इस्थापित सस्था फियुजन इंत्टरनेशनलको प्रायोजनमा अमेरिकाको सांगेतीक भ्रमणमा रहेको द एक्स ब्याण्डको येही जुलाई १४ तारिकमा सम्पन्न सान फ्रान्सिस्कोको कार्यक्रममा करिब ६९ लाख संकलन गर्दै नेपाली म्युजिक फेस्टिवल भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा नेपालका बिसिस्ट अन्जु पन्त, र राजु लामाको पनि बिसेस प्रस्तुति रहेको थियो । हिमालयन फाउन्डेसन कर्पले आयोजना गरेको उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन एस बाबु प्रोडक्सन का एस बाबु र प्रमिश ढकालको रहेको थियो ।

करिब एक हजार भन्दा बढी नेपालीहरुको साथ् पाएको उक्त कार्यक्रम, नेपालमा बन्ने विभिन्न स्कूल र कराते खेलकुद भवन निर्माण सहयोगार्थ आयोजना गरिएको थियो । संकलित रकम कार्यक्रम को खर्च कटाएर सबै नेपालकै गाउमा रहेको स्कूल र खेलकुद भवन निर्माण मा जाने फाउन्डेसन का संस्थापक यज्ञ लाल श्रेष्ठ ले जानकारी दिनु भयो । आफ्नो संगीत यात्रा को २५औ बार्षिक उत्सब मनाउदै अमेरिका को यात्रा मा रहेको नेपाली ब्याण्ड द एक्स ब्याण्डको अमेरिकामा यो दोस्रो सफल प्रस्तुति थियो । एस अघि जुलाई ७ मा डल्लासमा नेप्सिनेको आयोजनामा आयोजित कार्यक्रममा पनि दर्शकको उस्तै उपस्तिथी रहेको थियो ।

कार्यक्रम को शुरुवात मा भने २००६ मा स्थापना पछि हिमालयन फाउन्डेसन कर्प ले नेपाल मा गरेका काम र वर्तमान योजना को एउटा वृतचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा फ्लोरिडा बाट आएमा चर्हित व्यवशायी गरमेट इन्नोभेसन का प्रेसिडेन्ट मार्क नेमिक प्रमुख अतिथि थिए जसले आफैले मात्रै ११ हजार अमेरिकी डलर सहयोग प्रदान गरेका थिए तेस्तै के टि एम ग्रुप एल एल सी र सान फ्रान्सिस्को होलसेल कि प्रेसिडेन्ट एबम हिमालयन फाउन्डेसन कि प्रेसिडेन्ट टीण्डू शेर्पा ले पनि ११ हजार डलर प्रदान गरेकी थिन भने बिशिस्ट अथिति राम बाबु पाण्डे ले ५ हजार डलर सहयोग गरेका थिए तेसै गरि अरु ३६ व्यवशायी एबम समाज सेवी ले पनि सहयोग प्रदान गरेका थिए । औपचारिक कार्यक्रम को शुरुवात चर्चित चलचित्र कर्मी नारायण पुरी ले गरेका थिए भने सांगेतिक कार्यक्रम को संचालन एस बाबु सन्दिप ले गरेका थिए

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907