विश्वकप २०१८: दोस्रोपटक फ्रान्सलाई उपाधि,क्रोएसियन मोड्रेच विश्वकप सर्वोत्कृष्ट खेलाडी, एमबाप्पे युवा स्टार

डालस : २० वर्षपछि इतिहास दोहराऊदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ ।

क्रोएसियालाई ४÷२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहो¥याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा फ्रान्सले चार गोल हानेको थियो । पहिलो हाफमा फ्रिकिकबाट आएको बललाई रक्षा गर्न खोज्दा मान्डझुकिचको हेडिङ मार्फत आत्मघाती गोल हुँदा फ्रान्स १-० ले अग्रता बनाउन सफल भयो । तर, खेलको १० मिनेटमै पेरिसिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

तर, ३८ औं मिनेटमा पेनाल्टीमा पाएको बललाई गोलमा परिणत गर्दै फ्रान्सले पुनः अग्रता बनाउन सफल भयो । पहिलो हाफ २-१को अग्रता बनाएको फ्रान्सले दोश्रो हाफको ६८ औं मिनेटमा पोग्वाले थप गोल गर्दै खेललाई ३-१को अग्रता बनाएको थियो । त्यसपछि पुनः ६५ मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई आफ्नो पकडमा पार्न सफल भयो ।

गोलकिपरको गल्तीका कारण मान्डजुभिचले गोल गर्दै खेलमा अग्रता छोट्याउन सफल भए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र फ्रान्स दोश्रो पटक विश्व विजेता बन्न सफल भयो भने पेनाल्टी र आत्मघाती गोल क्रोएसियाका लागि घातक सावित हुँदा २०१८ विश्वकपमा दोश्रो स्थानमा नै चित्त बुझाउनपर्यो ।

फ्रान्सेली टोलीलाई नेतृत्व दिइरहेका डिडिए डेसाङ खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बनेका छन्।

क्रोएसियाले उपाधि नजितेपनि फाइनलसम्मको यात्रा हालसम्मकै उसको ठूलो सफलता हो।केवल ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषय व्यापक चर्चामा रह्यो।

क्रोएसियन कप्तान लुका मोड्रेच रुसमा सम्पन्न विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

आफ्नो टोलीलाई विश्वकपको फाइनलसम्म पुर्याउन उल्लेखनीय योगदान दिएका क्रोएसियन मोड्रेचले फाइनलसम्म आइपुग्दा ३ गोल गरेका थिए ।

यसैगरी फ्रान्सेली युवा खेलाडी केलिएन एमबाप्पेले विश्वकपको सर्वोत्कृष्ट युवा खेलाडीको उपाधि पाएका छन् ।

एमबाप्पेले फाइनल खेलमा क्रोएसियाविरुद्ध फाइलनमा समेत एक उत्कृष्ट गोल गरे । उनले रुस विश्वकपको जम्मा ४ गोल गर्न सफल भए ।

यसैगरी विश्वकपको सर्वोत्कृष्ट गोल रक्षक बेल्जियमका थियाबो कोर्ट्वाले प्राप्त गरे ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907