डाक्टर केसीको जीवन रक्षा गर्न सरकारलाई अमेरिका नेपाल पोलिसी रिसर्च केन्द्रको माग
पालको चिकित्सा शिक्षा र उपचार सेवामा सर्वसाधारण नेपालीको पनि सहज पहुंच होस भन्ने जायज र न्यायिक माग राखी बिगत १६ दिन देखि जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनसन
सत्याग्रह गरी रहनु भएका डा.गोविन्द केसी को जिवन रक्षा र उहाँले उठाउनु भएका जायज मागको दिर्घकालिन समाधान गर्नका लागि अभिलम्व कार्य गर्न अमेरिका नेपाल पोलिसी रिसर्च सेन्टर
नेपाल सरकार , संसद र राजनितिक दलहरुको गंभिर ध्यानाकर्षणगराउन चाहन्छ ।
चिकित्सा शिक्षा संबन्धी केदार भक्त माथेमा आयोगको सिफारिस र बिगतमा डा. केसी संग को सम्झौता अनुरुप ल्याइएको अध्यादेशको मर्म बिपरित स्वास्थ्य शिक्षा र उपचार सेवामा ब्यापारिक हित
अनुकुल संसदमा बिधेयक ल्याउने तयारीले डा. केसी को सत्याग्रह प्रति आमनेपाली , प्रेस , नगरिक समाज र नेपालको भलो होस भन्ने जमात को सम्मान र समर्थन बढेको छ । अमेरिका नेपाल पोलिसी
रिसर्च सेन्टर डा. केसी को प्राण रक्षाको लागि सिघ्र वार्ता प्रारम्भ गरी अनसन तोडाउन र चिकित्सा शिक्षा र उपचार सेवा संबन्धमा न्यायिक र सर्व साधारण
जनताको हित अनुकुल हुने गरी कानुन निर्माण गर्न नेपाल सरकार,संसद र राजनितिक दलहरुसंग माग गर्दछौं ।
धन्यबाद
डा आमोद पोख्रेल- अध्यक्ष्
डा अर्जुन बन्जाडे- कार्यकारी सचिब्
अमेरिका नेपाल पोलिसी रिसर्च सेन्टर
http://www.usnprc.org