बुधवार राति भएको वर्षाले बिहीवार बिहान भक्तपुरका अधिकांश स्थानहरू डुबानमा

बुधबार रातभर निरन्तर बर्षाभएपछि डुबानमा परेको भक्तपुरको दृश्य हो, यो । नितन्तरको बर्षापछि हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरस्थित मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती र लिवाली आसपासका सयौं घर डुबानमा परे ।

निजीघरसँगै विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमान घाट, बाराही क्षेत्र आसपासका घरहरु, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन माविलगायतका बिभिन्न विद्यालय समेत डुबानमा छन् । हनुमन्ते खोलाको निकास सानो भएका कारण बाढी बस्ती पसेको हो ।

बाढीका कारण यसआसपासका सडक तथा बस्तीहरुमा चार फिटसम्म पानी जमेको थियो । सडकमा गुडिरहेका गाडी र पार्किङ गरिरराखेका थुप्रै सवारी साधन डुबानमा परे । अरनिको राजमार्ग अवरुद्ध भयो ।

राति घरमा सुतिरहेका घरभित्रै थुनिए । घरबाट निस्केर भाग्न खोज्नेको बिचल्ली भयो । बाढी सटरभित्र पसेपछि पसल व्यवसाय गरिरहेकाको पनि बिचल्ली भयो ।

उद्दारमा ढिलाई

रातभरको बर्षाका कारण डुबानमा परेका भक्तपुरबासीले बिहानै उद्दारको आश गरेका थिए । तर, बिहीबार अबेरसम्म पनि उद्दारका काम अघि बढेन । बिहीबार ढिला नै भए पनि सरकारी तबरबाट उद्दारको काम भयो ।

पहिरोमा पुरिएर तीनजनाको मृत्यु

लगातारको बर्षापछि भक्तपुरकै चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा खसेको पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर स्थानीय ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीया तानमाया लामा र नातिनी २ वर्षीया सम्पदा लामाको मृत्यु भएको हो ।

काठमाडौं र बनेपामा डुबान

भक्तपुरसँगै काठमाडौंका पनि विभिन्न स्थान पनि बाढीका कारण डुबानमा पर्यो । बागमती र विष्णुमती नदीमा आएका बाढीका कारण त्यसआसपासका कतिपय स्थान डुबानमा परेको हो । त्यस्तै ललितपुरका विभिन्न स्थानमा पनि पनि डुबान भएको छ । भक्तपुरसँग सीमाना जोडिएको काभ्रपलाञ्चोक जिल्लाको बनेपा बजार पनि डुबानमा परेको छ । काभ्रेकै नमोबुद्ध नगरपालिका–६ स्थित खाक्सेको रोशीखोलाको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको छ ।

खानेपानीको काम गर्ने डोरज अप्रेटर नारायण श्रेष्ठ र उनका सहयोगीलाई हेलिकप्टरबाट उद्दार गरी काठमाडौं ल्याइएको हो । यससँगै देशमा विभिन्न भूगोलमा आएको बाढी तथा खसेको पहिरोका कारण नागरिकको दैनिकी प्रभावित भएको छ ।

अझै निरन्तर तीनदिन बर्षा हुने

मौसम पूर्वानुमान महाशखाले अझै तीनदिन काठमाडौं उपत्यकामा निरन्तर बर्षा हुने जनाएको छ । महाशाखाले विज्ञप्ति जारी गरेर तीन बर्षा हुने भन्दै र सम्भावित दुर्घटनाबाट बच्न सर्वसाधारणलाई सचेत गराएको छ ।

महाशाखा अनुसार देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने छ । पूर्वका केही स्थानमा भने भारी वर्षा हुनसक्ने सम्भावना छ । बिहीबार देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा मध्यम खालको वर्षाको सम्भावना छ भने साँझ र राति पनि देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बाढी

केही दिनदेखिको अविरल वर्षका कारण देशैभरको जनजिवन निकै प्रभावित बनेको छ । बाढीका कारण तराई क्षेत्रमा त वर्सेनि सताउने गरेको थियो नै यस पटक त उपत्यकामा नै बाढीले बिचल्ली बनायो । उपत्यकाको भक्तपुरमा नै यो अवस्था छ भने सोच्नुहोस् देशका अन्य ठाउँहरुमा के हालत होला । विगतका वर्षहरुमा गएको बाढीले तराईका मानिसहरुको दैनिकी कस्तो होला ? र अझै के के हुने होला ?

सरकारको सार्थक उपस्थितिको खाँचो यस्तै सास्ती भएको बेला हो । राज्य भएको अनुभूती यस्तै विपदमा हो तर राज्यले यो अवस्थामा खासै उपस्थिती देखाउन भने सकेको छैन । हामी प्रयासरत नै छौ भन्ने नियमित र बनिबनाऊ जवाफमा मस्त छन् राज्य सञ्चालकहरु ।

नेपालमा बाढीको समस्या कुनै नौलो समस्या होईन । बर्सेनी बाढी आउने र मानिसहरुको जनजीवन प्रभावीत भइरहेको छ । तर यसको समाधान कहिल्यै निकालिएन वा निकाल्ने प्रयास नै गरिएन । बाढीका कारण देशका बिभिन्न क्षेत्रका मानिसहरु घरवारबिहिन हुने गरेका छन ।

सरकारको ध्यान उनीहरुलाई राहत वितरणमा जान्छ तर त्यसको दिर्घकालिन समाधानमा भने कहिल्यै गएको पाईएन । जो सरकारमा गएपनि बाढीको समस्या हल गर्ने आश्वासन बाहेक खासै बाढी पीडितले अरु केही पनि पाएका छैनन् । र गएको साल बाढीले विस्थापित भएकाहरु अवस्था अझैपनि नाजुक नै छ ।

अविरल वर्षाका कारण आएको बाढीले पुरा देश नै आक्रान्त छ । यो विषयमा सांसदहरुले संसदमा पनि चर्कै आवाज उठाएका छन । उनीहरुले बाढीले देश नै अस्तव्यस्त भईराखेको बेला फोटो खिच्दै पानिजहाजको कुरा गरेर समाजिक सञ्जालमा मजाक बनाउनेलाई साईबर क्राईम अन्तर्गत कारबाही गर्न समेत माग गरेका छन ।

जतिबेला राज्यको सार्थक उपस्थितिको खाँचो थियो त्यहिबेला उसको व्यबहारले थप बिजोग बनायो भन्ने आक्रोश बाढीपीडतहरुमा अहिले पनि देखिन्छ । राज्यको अभिभावकत्वको अभावले नागरिकको चिल्लीबिल्ली भएको ताजा दृश्य छ । समस्या बढ्दो छ । अहिले त समस्या बाढीको मात्र छ तर यसले थप समस्या निम्त्याउने खतरा बढेको छ ।

अहिलेको बाढी त सुरुवाती चरण मात्र हो । किनिकी, बर्षात्को खास मौसम आउन बाँकी नै छ । पोहोर तराईमा बाढीका कारण मृत शरिरलाई गाड्ने ठाउँ समेत नपाएर नदिमा नै बगाईएको घटना ताजै छ । बाढीले त्यो सम्मको दर्दनाक अवस्थाको सिर्जना गरेपनि अहिलेसम्म त्यसलाई रोकथाम गर्ने खासै कार्यहरु भएको पाईएको छैन ।

बाढी आएपछि मात्र रोकथामाका उपाए खोज्ने प्रबित्तिका कारण बाढी सधैँको समस्या बनिरहेको छ । र यस वर्ष पनि बाढीले पहिले कै जस्तो विचल्ली बनाउने निश्चित छ । त्यसकारण सरकार भविस्यमा आउनसक्ने खतराको बारेमा चनाखो हुन जरुरी छ ।cp(नीऊज २४ बाट)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907