कम्युनिस्ट सरकार : आम जनता वा कमाउनिस्टको पक्षमा

डाक्टर गोविन्द केसी यतिबेला जुम्लामा अनसनमा छन्। अनसन बसेको पनि १२ दिन भयो। केसीको अनसनको बारेमा अनुदार बिचार राख्ने ओली प्रधानमन्त्री छन्। नागरिक समाज विभाजित छ। अनसन बसेको लामो समय भएकोले उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। उनलाई काठमाडौँ ल्याएर उपचार र बार्ता गर्ने कुरा मन्त्रीहरु गर्दैछन। तर केसी यो कुरा मान्न तयार छैनन्। बरु यतै मर्छु, माग पुरा नगरी काठमाडौँ जान्न।


दुइ तिहाइको बहुमत भएको सरकारले एउटा नाथे चिकित्सकले अनसन बस्दैमा माग पुरा गर्ने पर्छ भन्ने छैन भन्ने एकथरिहरुको भनाइ पाइन्छ। अर्काथरी चाहिं बुढा मान्छे हुन् बिचरा, दुख गरेका छन् माग पुरा गर्दिए भैहाल्यो नि भन्ने भनाइ पनि राख्ने गरेका छन् मानौ उनी आफ्नो उपचार गर्न १७ करोड माग्दैछन। अर्काथरी छन् गोबिन्द केसीका माग जायज छन्, ती तुरुन्त पुरा गरेर अनसन तोडाउनु पर्छ। नेपाली जनताको स्वास्थ्यको लागि लडेका गोबिन्द केसीको स्वास्थ्यमा खेलवाड गर्न पाइदैन।
यी भनाइहरुमा कसैका आफ्ना स्वार्थ लुकेका होलान, कसैका राजनीतिक नारा लुकेका होलान भने कसैका बास्तविक नेपाली जनताका भावना पनि लुकेका होलान। यी तीन बिचारको चिरफार छोटकरीमा म यहाँ गर्न चाहन्छु।
पहिलो विचार : दुइ तिहाइ बहुमतको सरकारले अनसन बस्दैमा माग पुरा गर्नु पर्दैन
पक्कै पनि कसैले अत्यन्त व्यक्तिगत लालसा राखेर अनाबस्यक दवाव दिन्छ भने त्यो पुरा गर्नु उचित हुँदैन। जनताबाट चुनिएर आएको सरकारले निर्धक्क पुर्बक आफ्नो काम गर्न पाउनु पर्छ। यो वा त्यो नाममा सरकारलाई कमजोर बनाउने काम गर्नु हुँदैन। तर दुइ तिहाइको दम्भ दिनेले शत प्रतिशत जनताको प्रत्यक्ष जीवनसँग सरोकार रहेको बिषयमा बिशेष गरी स्वास्थ्य क्षेत्र जस्तो ठाउँमा उठाइएका मागहरुको गम्भीर भएर सोंच्नु पर्दैन ? सरकारले नै गठन गरेको माथेमा आयोगको प्रतिबेदन लागु गर भनेर अनसन बस्न बाध्य बनाउने को हो ? समाजबाद ल्याउँछौ भनेर गुड्डी हाँक्ने सरकारले स्वास्थ्य जस्तो जनताको आधारभूत अधिकारलाइ अकुत सम्पति कमाउने धन्दा बनाउदै मार्सी चामलको भात खुवाएकै भरमा नाफाखोरहरुलाई छाडा छोडेर सुर्तीमा लगानी गर्न मिल्छ ? त्यसैले मलाई लाग्छ दुइ तिहाइ बहुमतको सरकारले सबै नेपालीहरुको भलो हुने काम गर्नु पर्छ । त्यसमाथि पुँजीवादी भनेर आलोचना गरिने कांग्रेस होइन शिक्षा र स्वास्थ्य निशुल्क गर्छौं भनेर कम्निस्टको बिल्ला भिरेर चुनाव जितेकहरुलाई यस्तो माग गर्नु पर्ने परिस्थिति आउनु नै लाजमर्दो हो ।


दोश्रो विचार बिचरा बुढाले दुख गरेका छन्, माग गर्दिए हुन्छ

यी मान्छेहरु गोविन्द केसीको माग प्रति सकारात्मक छन् । उनीहरुलाई थाहा छ, उनका माग जायज छन्। केसीको जिद्दीपन आफ्नो ठाउँमा होला तर उनले समग्र स्वास्थ्य क्षेत्रका बिकृतिहरुको बिरुद्ध धावा बोलेका छन् भन्नेमा उनीहरु प्रस्ट छन्। तर सिधै माग पुरा गर भन्दा सरकार, सरकारी पक्ष र ओली पक्ष रिसाउने उनीहरुलाई डर छ। लौरो पनि नभाँचियोस, सर्प पनि मरोस भन्ने उनीहरुको चाहना छ। उनीहरु गोबिन्द केसीको रबैयाको बिरोध गर्छन तर संगसंगै केसीको माग र त्यो पुरा नगर्दा हुनसक्ने क्षतिसंग डराउँछन् । तर मलाई लाग्छ सबैलाई भित्तामा पुर्याएर बोल्ने र अरुलाई नगन्ने ओली यस्तो खाले दवाव वा सुभेक्षा सुनेर खुरुक्क माग पुरा गर्लान । ओलीलाई गलाउन अलि दरो दवाव आबस्यक हुन्छ।

तेश्रो विचार माग खुरुक्क पुरा गर्नु पर्छ
यो विचार नै पक्कै सहि विचार हो। तर नेपालको स्वास्थ्य क्षेत्रको अहिलेको अवस्था छुमन्तर गरेर समाधान गर्न सकिने स्थितमा छैन, धेरै बिग्रिसकेको छ । सरकारी पहुँचवाल देखि भ्रस्ट ब्यापारीको चंगुलमा स्वास्थ्य क्षेत्र फसिसकेको छ । संगसंगै राम्रै गरौँ भन्नेहरुको पनि अरबौं रुपैयाँ यसमा लगानी भएको छ । यति छाडा र विकृत भएको स्वास्थ्य क्षेत्र डाक्टर गोबिन्द केसीको माग पुरा गरेर मात्र सुध्रिने वाला छैन। यसको लागि लामो अनुसन्धान, गम्भीर गृहकार्य र इमान्दार प्रयासको खाँचो छ। अहिलेको सरकारले बाघ र खसीलाई संगै बाँध्ने प्रयत्न नगरे हुन्छ। स्वास्थ्य माफियालाई लगानी गर्न दिने, पैसा कमाउन दिने अनि जनतालाई निशुल्क र स्तरिय स्वास्थ्य प्रदान गर्छु भन्नु दिवालियापन मात्र हो।


धेरैले आरोप लगाउने गर्छन पुरानो एमाले पार्टीका ठुल्ठुला मान्छेहरु मेडिकल कलेज खोलेर कमाउ धन्दामा लागेका छन्। त्यसो हुनाले ओलीले यो माग पुरा गर्दैनन्। तर यदि यो सरकार साँच्चिकै जनताको हित र स्वास्थ्य प्रति गम्भीर छ भने त्यस्ता खाले प्रवृति बिरुद्ध हथौडा चलाउने यो अत्यन्त उपयुक्त मौका हो। डाक्टर केसीको ज्यान जोगाउने नाममा ओलीले त्यस्ता प्रवृति बिरुद्ध छोडपत्र गर्ने राम्रो बहाना प्राप्त गरेका छन्। यदि सरकार निशुल्क र गुणस्तरीय स्वास्थ्य जनतालाई दिने समाजबादी यात्रा तर्फ जाने मनसाय मात्र छ भने यो नै सबभन्दा उपयुक्त मौका हो। त्यसो भएमा मेडिकल माफियालाई सहयोग गरेको भन्ने आरोप लगाउनेहरुलाई जवाफ दिन सजिलो हुनुको साथै नेपालको स्वास्थ्य क्षेत्र सुधार तर्फ उन्मुख हुनेछ। यो मागको प्रतिनिधि पात्रको रुपमा डाक्टर केसी भए पनि यो हरेक नेपालीहरुको माग हो। ओली सरकार माग पुरा गर, डाक्टर केसी लगायत पौने तीन करोड नेपालीहरुको स्वास्थ्य माथी खेलवाड नगर। नत्र दुइ तिहाइको तिम्रो मन्त्र औंलामा गन्न मिल्ने नाफाखोरहरुको लागि मात्र हुनेछ।( लेखनाथ गौतम)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907