दिबंगत स्रष्टा घतानीको परिवारलाई कल्याणकारी कोषबाट २५ हजार सहयोग

हृदयघात बाट निधन भएका संगीत संयोजक तथा गितारबादक  बबी घतानीका परिवारलाई संगीतकर्मी कल्याणकारी कोष बाट २५ हजार रुपैया सहयोग गरिएको छ ।
घतानीलाई अन्तिम श्रद्धाञ्जली दिन संगीतकार संघ नेपालका बरिष्ठ उपाध्यक्ष शुनिल मास्के सहितको संगीतकर्मीहरुको टोली शिक्षण अस्पताल पुगेको थियो ।
अस्पताल परिसरमै उक्त सहयोग रकम घतानीका आफन्त संगीत संयोजक फणिन्द्र राईलाई हस्तान्तरण गरिएको हो ।
दार्जीलिङका स्थायी घर भएका घतानीले थुप्रै नेपाली गीतको संगीत संयोजन गरेका छन । ४७ बर्षिय घतानीकोे असामयिक निधन प्रति संगीतकर्मीले दुख ब्यक्त गरेका छन । उनको अन्तिम संस्कारका दार्जीलिङमा गरिने भएको छ ।
संगीतकर्मी हरुलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले संगीतकार संघ नेपालले स्थापना गरेको कोष बाट अहिले सम्म १० जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ८जना सर्जकको निधनका बेला कोषबाट ३लाख ८८ हजार ९सय १६ रुपैया सहयोग गरिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907