द एक्स ब्याण्ड डालस आयो, खुसीले डालस रमायो !

डालस, टेक्सास । पर्सि सनिबार अर्थात् जुलाई ७ गते बेलुकी अर्भिंग सहर स्थित लस कोलिनासमा रहेको टोयोटा म्युजिक फेक्ट्रीमा हुन लागेको बिशेष सांगीतिक मेलामा आफ्नो प्रस्तुति दिन द एक्स ब्याण्ड डालस आइपुगेको छ । ब्याण्डमा शिव मुखिया, सुरेन्द्र श्रेष्ठ र सजल राजभण्डारी रहेका छन् । ब्याण्डलाइ स्वागत गर्न आयोजक सहित संगीतप्रेमीहरुको ठुलो समूह विमानस्थल पुगेको थियो । बिमानस्थलमा भव्य स्वागत गरे पछि कडा सुरक्षा सहित ब्याण्डको टोलीलाइ बस्ने व्यवस्था मिलाइएको आबास तर्फ लगिएको छ । त्यस्तै नेपाल तथा अमेरिकाका हज्जारौं स्थलहरुमा कन्सर्ट गरी आफ्नो जादुमयी सारंगी बादन र गायन कला प्रस्तुत गर्नु भएका श्याम नेपाली समेत डालस आइपुग्नु भएको छ ।

सामुहिक फोटो लिंदै सांगीतिक मेला आयोजक संस्था नेप्सिनेका पदाधिकारी र संगीतप्रेमीहरु

द एक्स ब्याण्डले यतिबेला आफ्नो पच्चीसौं बर्षगांठ मनाउदै छ । कुनै निश्चित उद्देश्य र लक्ष सहित भन्दा पनि रहरै रहरमा स्थापना भएको यो ब्यान्डमा यतिबेला ३ जना सदस्यहरु छन् । भोकलमा शिव मुखिया, गीतारमा सजल राजभण्डारी र ड्रममा सुरेन्द्र श्रेष्ठ रहेका छन् । यसको स्थापना कालदेखि अहिले सम्म केहि कलाकारहरु आउने र जाने क्रम चलिरहे पनि पछिल्लो करिव ७ बर्ष देखि भने यहि ३ जनाको टोलीले द एक्स ब्यान्डलाई उचाइ दिंदै आएका छन् । यसको पहिलो एल्बम धुवाँ सन् १९९३ मा रिलिज भएको थियो ।
द एक्स ब्यान्डको आगमन संगै डालसमा हुन लागेको म्युजिकल फेस्टिभलको नयाँ तरंग शुरु भएको छ । यो संगसंगै डालस बाहिर रहेका कलाकारहरुको आगमन शुरु भएको छ । शुक्रबारसम्म सबै कलाकारहरु आइपुग्ने जानकारी आयोजकहरुले दिएका छन् भने शुक्रबार साँझ ७ बजे बेड्फ़ोर्ड स्थित फिस्टेल रेस्टुरेन्टमा पत्रकार भेटघाट तथा त्यसपछी सुभेच्छुकहरुसंग कलाकारहरुको भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।

श्याम नेपालीलाई स्वागत गर्दै नेप्सिनेका महाप्रबधक रायन कार्की

बिमानस्थलमा उपस्थित संगीतप्रेमीहरुसंग भलाकुसारी गर्दै ब्यान्डका सदस्यहरुले अमेरिकाका बिभिन्न शहरहरुमा आफुहरु सांगीतिक कार्यक्रमहरु लिएर जाने बताउंदै डालस पहिलो गन्तब्य भएकोले सबै नेपाली संगीतप्रेमीहरुलाई उपस्थित भै मनोरंजन लिनुको साथै नेपाली संगीतको बिकासमा योगदान पुर्याउन अनुरोध गर्नु भएको छ । हाम्रो ब्याण्ड सहित अमेरिकामा सक्रिय रहेका अन्य ब्याण्डहरु समेत यो मेलामा सहभागी भै प्रस्तुति दिने भएकोले अमेरिकामा रहेका नेपालीहरुको लागि यो एउटा सांगीतिक चाडको रुपमा मनाइन लागेको प्रति सन्तोष ब्यक्त गर्नु भएको छ ।
यसले अमेरिका र डालस क्षेत्रमा रहेका संगीत प्रेमीहरुलाई आर्थिक भार नपर्ने तर उहाँहरुको उपस्थितिले कलाकारहरुलाई हौसला मिल्नुको साथै नेपाली गीत र संगीतको बिकासमा उल्लेख्य टेवा पुग्ने भरोषा व्यक्त गर्नु भएको छ । यो कार्यक्रममा आउने हरेक उमेर समुहका दर्शक श्रोताहरुको लागि मनोरन्जनका लागि गीतहरु समाबिस्ट भएको र एकएक मिनेटको उचित सदुपयोग हुनेमा ढुक्क हुन समेत विश्वास दिलाउनु भएको छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907