अमेरिकामा नेपालीको नाम उँचो बनाउदै युवा नेपाली निश्चल
सबै बाबुआमा आफ्ना छोराछोरीले पढाइ होस् वा जुसुकै क्षेत्रमा होस् राम्रो गर्दा सबभन्दा बढी खुसी हुन्छन । आफुले गर्न नसकेका कामहरु र सपनाहरु आफ्ना छोराछोरीबाट पुरा होस् भन्ने धेरैको चाहना हुन्छ । चाहना त सबैले गर्छन तर त्यो पुरा भने निकै कमको मात्र हुने गर्छ । अर्थात् अब्बल दर्जामा निकै कम मान्छे मात्र पर्छन । जेनेटिक गुण वा कडा मिहिनेतले मात्र त्यो दर्जा प्राप्त गर्न सकिन्छ ।
बिदेशी भूमिमा त आफ्ना छोराछोरीको सफलता वा असफलता नै बाबुआमाको सुख वा दुखको कारक बनेको हुन्छ । नेपालमा रहंदा दुखसुख साट्ने वा बाँड्ने मान्छे प्रशस्तै हुने तर प्रबाशमा भने त्यसको कमि हुन्छ । धेरैजसो अभिभावकहरु आफ्ना छोराछोरी कै लागि बिदेसिएका हुन्छन । छोराछोरीले राम्रो नगर्दा बेकार बिदेसिएको अनुभव गर्ने अभिभाबकहरु प्रशस्त छन् । छोराछोरी सफल हुँदा उनीहरुको छाती गर्बले फुल्छ र आफु बिदेसिनुको औचित्य पनि पुस्टि हुन्छ ।
करिव १३ बर्ष अघि अमेरिकका छिरेका पुष्प श्रेष्ठ त्यस्ता अभिभावक हुन् जो अहिले आफुलाई भाग्यमानी ठान्छन । आफ्नो कान्छो छोरा निश्चल श्रेष्ठको कारण उनलाई निकै सन्तोष मिलेको छ । हालै मात्र हाइ स्कुल सकेर युनिभर्सिटी शुरु गर्ने लागेको निश्चल आफुले पढेको स्कुल डिसट्रिक्टमा प्रथम र अमेरिकाभर टप ५ प्रतिशतमा पर्न सफल भएको छ । एमआइटीमा १००% छात्रवृति अफर गरिए पनि उसले युनिभर्सिटी अफ टेक्सास अस्टिनमा कम्प्युटर इञ्जिनियरिङ्ग गर्दै छन् ।
“खोइ हामीले त यसले पढेको पनि देख्दैनौं, खाली गेम खेलेको मात्र देखिन्छ”, बुवा पुष्प श्रेष्ठ हाँस्दै छोराको उत्कृस्ट शिक्षाको बारेमा जानकारी दिन्छन । निकै कम मात्र बोल्ने, साथी नै नभएका निश्चल पढेर ठुलो मान्छे हुने भन्दा पनि असल मान्छे बन्ने चाहना राख्छन । “यसलाई खाना पकाउन आउँदैन र पकाउदैन पनि” आमा लक्ष्मी श्रेष्ठ गुनासो गर्छिन । “हामीलाई त यसले खाइदिए पुग्छ, पकाउन त परैको कुरा ” आमा भन्छिन । निश्चल नेपाली दालभात तरकारी नै मन पराउँछन् ।
घरका भित्ता भरि र सोकेस भरि निश्चलले स्कुलमा ल्याएका पदक, प्रमाणपत्र र चिनोहरु छन् । नेपालमा रहंदा कक्षामा दोश्रो तेश्रोमा आउने अमेरिका आए पछि कहिल्यै दोश्रो हुनु परेको छैन । उनले १२ कक्षा पास गर्दा औसत १०८ भन्दा बढी अंक ल्याएका छन् जुन निकै कम मान्छेले मात्र ल्याउन सक्छन । उनको तिक्ष्ण बुद्धि देखेर बाबुआमा दङ्ग मात्र होइन अचम्म समेत पर्ने गर्छन ।
लामो समय दुख गरियो, यो छोराले गरेको प्रगतिले हामीलाई खुसी दिएको छ, बुवा पुष्प श्रेष्ठ भन्छन । घरमा साथीभाइ र इस्टमित्र आउँदा उनीहरु प्रफुल्ल हुँदै आफ्नो छोराको बखान गर्न थाल्छन । पदक, तक्मा र प्रमाणपत्रहरुको ठेली खोल्दै उनीहरु हँसिलो मुहार लगाउँछन् । तर यो सब निश्चललाइ मन पर्दैन । उनी स्कुलमा पनि शिक्षकहरुलाई मलाई पहिलो नबनाउनु भनेर भनेका थिए रे । किन भन्दा पहिलो भयो भने अगाडी गएर बोल्नु पर्छ भनेर । निकै कम बोल्ने र लजालु स्वभाव भएकोले उनलाई आफ्नो बारेमा कसैले कुरा गर्दा असजिलो महशुश गर्छन ।
जे होस् निश्चलले गरेको प्राज्ञिक प्रगतिमा उनको परिवार र साथीभाई खुशी छन् । पक्कै पनि उनी पढिसकेपछि राम्रो हैसियतमा जागिर गर्लान वा केहि गर्लान । बिचमा कुनै कारणले अन्यथा नभएमा उनले राम्रै संग पढाइ सिद्धाउने बुवा पुष्प र आमा लक्ष्मीको ठुलो आशा छ । यस्तो तिक्ष्ण बुद्धि भएका एक नेपाली बालक कलेज सकेर पक्कै पनि राम्रो हैसियत भएको जागिर गर्लान वा केहि अतिरिक्त गरेर नेपाली हो भनेर गौरब गर्न सक्ने अवस्था आउला भन्ने हामी सबैको आशा छ । (प्रस्तुति:लेखनाथ गौतम)
Dherai dherai badhai chha babu ani proud parent puspa dai ra laxmi bhauju lai