डालस एभरेस्ट लायन्स क्लबको “एन इभिनिंग इन नेपाल” सम्पन्न

डालस, टेक्सास । डालस एभरेस्ट लायन्स क्लबले हालै “एन इभिनिंग इन नेपाल” कार्यक्रम सम्पन्न गरेको छ । लायन सुरेश बस्यालको संयोजकत्वमा जुन १६ मा उक्त कार्यक्रम सम्पन्न भएको हो । एन इभिनिंग इन नेपाल बिगत धेरै बर्ष देखि हरेक बर्ष संचालन हुँदै आएको छ । लायन्सले गर्ने कार्यक्रमहरु छोटा, मिठा र उपलब्धिपूर्ण हुन्छन । यो साँझ पनि त्यस्तै रुपमा सम्पन्न भयो ।
कार्यक्रम निर्धारित समयमै शुरु भयो, साँझ ७ बजे र निर्धारित समयमै करिब १० बजे समाप्त भयो । बोल्ने बक्ताहरुले आफुलाई दिएको समय भित्रै आफ्ना कुरा राखे । पाहुनाहरुलाई स्वागत लायन थलराज पन्तले गरे भने प्रेरणादायक मन्तब्य लियो सफल लामिछानेले दिए । क्लबले गरेका कामहरु बारे कार्यक्रम संयोजक तथा दोश्रो उपाध्यक्ष सुरेश बस्यालले रिपोर्ट प्रस्तुत गरे । त्यसपछि लायन्स क्लबका बिभिन्न ओहोदाका व्यक्तिहरुले आफ्ना सारगर्भित मन्तब्य व्यक्त गरे ।


एन इभिनिंग इन नेपालको प्रमुख उद्देश्य नेपालको परिचय, नेपालीहरुको प्रबाशमा परिचय, नेपाली संस्कृतिको प्रबर्धन र नेपालमा केहि सहयोग जुटाउन प्रयत्न गर्नु हो । सोहि अनुसार नेपाली सांस्कृतिक कार्यक्रम बक्ताहरुको मन्तब्य पछि शुरु भयो । बिशुद्ध हाम्रो र राम्रो संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत गरिए । नेपालको संस्कृति झल्काउने चित्रहरु प्रदर्शन गरियो । पूर्व क्लब अध्यक्ष राधाकृष्ण काफ्लेले संचालन गरेको यो छोटो सांस्कृतिक कार्यक्रममा अनु काफ्लेले नृत्य प्रस्तुत गरिन । क्लबका अध्यक्ष बिएन पन्त र उहाँकी धर्मपत्नी बिमला पन्तले चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा भन्ने गीतमा नृत्य गरेर सबैलाई चकित र रोमान्चित बनाए ।


डालसमा नाच्नेहरुको कमि छैन । तर केहि मात्र व्यक्तिहरु छन् जसले साँच्चिकै भने जस्तो नृत्य गर्छन । त्यसमध्ये सुलोचना खनाल पनि एक हुन् । पातलो र आकर्षक शरीर भएकी सुलोचनाको नाच हरेक कार्यक्रमको मुख्य आकर्षण हुनेगर्छ । लायन्सको यो कार्यक्रममा पनि उनले चोरेर लग्यो मन भन्ने गीतमा आफ्नो जादुगरी नृत्य प्रस्तुत गरिन । दर्शकहरु प्रफुल्ल बने । त्यसपछि बिमला सिग्देलले कम्मर माथि पटुकी भन्ने गीतमा आफ्नो उत्कृस्ट नृत्य प्रस्तुत गरिन । त्यसपछि डिजे शुरु भयो जसमा डालसका एक चर्चित डिजे प्रशान्तले नेतृत्व गरेर सबैलाई रमाइलो गराए । कार्यक्रम निर्धारित समयमा शुरु भयो र अन्त्य पनि ।


डालस लायन्स क्लबमा ठुलो भिडभाड छैन । जति सदस्यहरु छन् सबै सक्रिय छन् र केहि दिनु पर्छ समाजलाई भन्ने भावना बोकेका व्यक्तिहरु छन् । उनीहरुलाई पदको लोभ छैन । अध्यक्ष र महासचिव बीच अधिकारको सीमाबारे कुनै लफडा छैन । सबै जना दिन मात्र जाने भएकोले यो बिशुद्ध सामाजिक संस्थाको रुपमा डालस क्षेत्रमा चिरपरिचित छ । यस्ता संस्थाहरु जति खुल्यो त्यति समाज सुन्दर हुँदै जान्छ भने भ्रस्ट आचरण भएका व्यक्तिहरु सम्मिलित संस्थाहरु एउटा पनि समाजको लागि घाँडो हुन सक्छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907