को हुन् जुलाई ७ को सांगीतिक मेलाका आकर्षण श्याम नेपाली ?

नेप्सिनेले आउँदो जुलाई ७ गते सनिबार एक सांगीतिक महासंग्राम आयोजना गरेको छ। यसको प्रमुख आकर्षण द एक्स ब्याण्ड रहेको छ तर यो मात्र उक्त कार्यक्रममा चम्किने तारा हुने छैन। त्यसमा अमेरिकामा रहेका अन्य ताराहरु पनि चम्किने छन्। मिनिसोटा देखि डालसका चर्चित ब्याण्डहरु सहित एक चर्चित सारंगीबादक समेत यो सांगीतिक मेलाको आकर्षण रहनेछन। अमेरिकाका धेरै राज्यहरुमा अमेरिकी दर्शक श्रोताबीच आफ्नो कला प्रस्तुत गर्दै चर्चित रहेका श्याम नेपाली यो सांगीतिक मेलामा सहभागी भएर आफ्नो कला प्रस्तुत गर्नेछन। आउनु होस् जानौं, को हुन् श्याम नेपाली ? ?
श्याम नेपाली गन्धर्व जातिका एक आधुनिक सदस्य हुन्। रेडियो र टेलिभिजनको युग भन्दा अघि समाजमा घटेका घटनाहरु गीतको माध्यमबाट हामीले यहि गन्धर्व जातिको मुखबाट सुन्ने गर्थ्यौं। गन्धर्वहरु गाउँ गाउँमा आफ्नो सारंगी र मिठो स्वरको माध्यमबाट हामीलाई मनोरंजन र सूचना प्रदान गर्थे। सामाजिक बिकृति र अपराधहरुको सांगीतिक कथा उनीहरुले प्रस्तुत गर्थे। साना साना बालबालिका देखि बृद्ध बृद्धासमेत सारंगीको वरिपरि झुम्मिन्थे। त्यसबापत उनीहरुलाई धान, मकै, गहुँ इत्यादि दिने गरिन्थ्यो। गन्धर्वहरुको जीबनयापन पनि यहि तरिकाले हुन्थ्यो।

photo source: Google

परिस्थिति अहिले गाउँमा त्यस्तो छैन। बसाइसराइ र मनोरन्जनका अन्य साधनहरुको प्रवेशले गन्धर्व जातीको यो पेशा संकटमा छ। उनीहरु अन्य पेशा अपनाउन बाध्य छन्। पेशा संकटमा भए पनि सारंगी भने लोकप्रिय नै छ। सारंगीको धुन सबैलाई मन पर्छ। यहि सारंगीलाई संसार सामु प्रस्तुत गर्न लागि परेका एक योद्धा हुन् श्याम नेपाली।
श्याम नेपाली अहिले अमेरिकाको म्यासाच्युसेट्स राज्यमा बसोबास गर्छन। उनि र उनका अरु दुइ जना साथिहरु मिलेर एउटा ब्याण्ड निर्माण गरेका छन्। यो ब्यान्डको बिशेषता मादल, बाँसुरी र सारंगीको त्यो सम्मिश्रण परम्परागत नेपाली संगीत र आधुनिक संगीतको फ्युजन हो।

Photo source: Google

नेपालीले अमेरिकाका बिभिन्न शहरहरुमा अमेरिकी नागरिक बीच आफ्नो कला प्रस्तुत गरिसकेका छन्। नेपालमा गएको २०१५ को बिनासकारी भुकम्पमा उनले भुकम्प पिडित माझ धेरै आफ्ना प्रस्तुति दिए। नेपाल लगायत संसारभर ५ हजार भन्दा बढी कन्सर्ट श्याम नेपालीले गरिसकेका छन्। हजुरबुवा मगर गाइने गन्धर्वबाट सारंगी सिकेका श्याम नेपालीका पिताको नाम राम शरण नेपाली हो। उनका बुवा र हजुरबुवा दुवै जना नेपाली सांगीतिक आकाशमा चिरपरिचित नाम हो।

हो यिनै नेपाली सारंगीबादक, संगीतकार र गायक श्याम नेपाली डालस लाइ माया गरेर जुलाई ७ शनिबारको दिन अर्भिंग सिटिको लस कोलिनास स्थित भब्य स्थल टोयोटा म्युजिक फेक्ट्रीमा नेपाली संगीत प्रेमी दर्शकहरुलाई मनोरंजन प्रदान गर्न आउंदै छन् । यस कार्यक्रममा उपस्थित हुनु नेपाली संगीत र गन्धर्व जातिको आधुनिक प्रतिनिधिको जादुमय प्रस्तुति हेर्दै सारंगीलाइ बिस्वसामु पुर्याउने श्याम नेपालीको अभियानलाई सहयोग गरौँ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907