पूर्व अमेरिकी राजदुत डेलिसी मिस युएस नेपाल २०१८ मा जोडिए

लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसी मिस नेपाल अमेरिका -२०१८ मा जोडिएका छन् ।  उनि द्वारा नेपालको सहयोगको लागि स्थापना गरिएको गैर मुनाफा सामाजिक संस्था सोरवे फाउण्डेशन नामक संस्था मिस नेपाल युएस २०१८को लागि आधिकारिक परोपकार साझेदारी (च्यारिटी पार्टनर)हुने भएको छ । बिजेतालाई सर वे फाउन्डेसनको सद्भावना दुतमा नियुक्त गरिने छ । पूर्व अमेरिकी राजदूत स्कट डेलिसी सोरवे फाउण्डेशनका कार्यकारी निर्देशक हुन् । उनि मिस नेपाल अमेरिका -२०१८ को आयोजकमा भने जोडिएका हैनन् ।

उनले नेपालको लागि थुप्रै काम गरि रहेका छन् । आगामी अगस्ट १९ मा हुने मिस नेपाल युएसको छैठौं संस्करण अमेरिकाको टेक्सास राज्यको डालस शहरमा हुने भएको छ ।

‘नेपाल ११ इन्टरटेनमेन्ट’ को व्यवस्थापनमा हुने मिस नेपाल अमेरिका (Miss Nepal US) २०१८ का लागि १८ देखि २९ वर्ष उमेर समूहका अमेरिकामा रहेका इच्छुक नेपाली युवतीहरुले लागि सहभागिता जनाउन सक्ने छन । आवेदन पत्र जुन २३ तारिख सम्म अन्तिम मिति तोकिएको छ ।

प्रतियोगिताको विजयीलाई पाँच हजार अमेरिकी डलर धन राशिले सम्मान गरिने छ । केही समय अगाडी आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी तथा आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धरलाई नियुक्त गरिएको थियो ।

न्यू योर्क बाट सन् २०११ बाट शुरु गरिएको मिस नेपाल युएस कार्यक्रमका संस्थापक अमेरिकामा युवा नेपाली उद्यमी अमित शाह हुन् । यस बर्ष नेपाल को प्रबर्द्धन युवाको सशक्तिकरण मुल नारा राखिएको छ ।

मिस नेपाल युएस सुन्दरी प्रतियोगिताको हालसम्मका बिजेताहरुमा सन् २०११ मा न्यू योर्क शहरमा सम्पन्न पहिलो मिस नेपाल युएस सुन्दरी प्रतियोगिताबाट वासिङ्टन डिसीकि सुजिता बस्नेत प्रथम बिजेता बन्न सफल भएकी थिईन् ।

सन् २०१२ मा भर्जिनियाकि आस्था श्रेष्ठ ,सन् २०१३ को तेश्रो प्रतियोगितामा बर्तिका राई ,सन् २०१४ मा न्यू योर्क शहरमा सम्पन्न चौंथो सुन्दरी प्रतियोगिताबाट ओहायो राज्यकी २७ बर्शिय खुश्बु मिश्र बिजयी बनेकी थिईन् । त्यसैगरी, सन् २०१५ मा न्यू योर्क शहरमै सम्पन्न पाँचौं सुन्दरी प्रतियोगिताबाट नर्थ क्यारोलिनाकि प्रियंका थपलिया बिजयी बनेकी थिईन् ।

मिस नेपाल अमेरिका ऐतिहासिक बनाउन डलास क्षेत्र वरपर रहेका विभिन्न संघ संस्थाहरुसग मिलेर सहकार्य गरेर काम गरे आयोजक प्याट्रिक सुबेदीले बताएका छन् । नेपालस्थित ई प्लानेट प्रा.लि.को सहकार्यमा अमेरिकास्थित इभेन्ट प्लानेट इन्कको आयोजनामा गएको पाँच वर्ष देखि निरन्तर रुपमा आयोजना हुँदैछ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907