डालसमा हलिवुडका सेलिब्रेटीले प्रस्तुति दिने स्थलमा नेपाली सांगीतिक मेला हुँदै

समरको आगमनसंगै अमेरिकामा बिभिन्न खाले कार्यक्रमहरुको ओइरो लागेको छ। पूर्वमा न्यु ह्याम्सायर देखि पश्चिममा वाशिंटन राज्यसम्म बिभिन्न खाले कार्यक्रमहरुको आयोजना भैरहेका छन्। नेपालबाट आएका कलाकारहरु देखि नेताहरुसम्म पालैपालो अमेरिकाको भ्रमणमा छन्।


अमेरिकामा धेरै नेपालीहरु बस्ने ठाउँमध्ये यतिबेला सर्बाधिक चर्चित ठाउँ डालस हो। यहाँ हप्तै पिच्छे केहि न केहि कार्यक्रमहरु संचालन भैरहेका हुन्छन। प्राय नेपालका धेरैजसो कलाकारहरुले डालसमा प्रस्तुति दिइसकेका छन्।
यतिबेला फेरी डालसमा अर्को सांस्कृतिक कार्यक्रमको चर्चा चुलिएको छ। २५ बर्षदेखि नेपाली सांगीतिक आकासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल “द एक्स ब्याण्ड” अमेरिका भ्रमणको क्रममा आगामी जुलाई ७ तारिक शनिबार डालसमा आउंदैछन। नेप्सिनेको आयोजनामा नेपाली संगीतप्रेमीहरुको तृष्णा मेट्न यो ब्याण्ड आउन लागेको हो। यो कार्यक्रम डालसमा आज सम्म सम्पन्न भएका अन्य सांस्कृतिक कार्यक्रमहरु भन्दा भिन्न, बृहद र रोमाञ्चक हुने आयोजकहरुले दावी गरेका छन्।
कार्यक्रम स्थल र यसको बिशेषता


डालसमा आजसम्म कुनै पनि नेपाली कार्यक्रम टोयोटा म्युजिक फेक्ट्रीमा भएको छैन । यसको भव्यता र आकर्षणले जसलाई पनि तान्छ। लस कोलिनास क्षेत्रमा रहेको यो स्थल अर्भिंग सिटीमा पर्छ। यो ठाउँको कुल क्षेत्रफ़ल दुइ लाख पचास हजार बर्ग फीट छ। यसमा २५०० जना बस्न मिल्ने र ४००० जना बस्न मिल्ने २ वटा ठुला थियटरहरु छन्। नेप्सिनेले ४००० जना बस्न मिल्ने ठाउँ रिजर्व गरेको छ।
यो स्थलको अर्को बिशेषता भनेको पर्याप्त पार्किङ्गस्थल, प्रयाप्त बार र रेस्टुरेन्टहरु हुनु पनि हो । चलचित्र हलदेखि ७ वटा लाइभ म्युजिक स्टेज र टेक्सास लट्री प्लाजा समेत रहेका छ जुन प्लाजाको क्षमता पचास हजार मान्छे अटाउने छ। यहाँ बर्षैभरी केहि न केहि कार्यक्रमहरु भैरहेका हुन्छन। हलिवुडका चर्चित गायक गायिकाहरुले यस स्थलमा आफ्नो प्रस्तुति दिइसकेका छन्।यति ठुलो र अमेरिकाका थोरै थियटरहरुमध्ये एक टोयोटा म्युजिक फेक्ट्रीमा आफ्नो स्वर गुञ्जाउने द एक्स ब्याण्ड पहिलो ब्याण्ड हुनेछ ।
कार्यक्रमको रुपरेखा र तालिका
आयोजक नेप्सिनेका रायन कार्कीका अनुसार यो कार्यक्रमलाई एक गौरवसाली संगीत महोत्सबको रुपमा सम्पन्न गर्ने लक्ष छ। यो स्केलको नेपालीहरुको पहिलो कार्यक्रम भएकोले हरेक नेपालीहरुको पहिचान र इज्जतसंग यो महोत्सव जोडिएको छ। अहिले सम्म हुनेगरेका धेरै कार्यक्रमहरु करिव दुइ देखि ३ घण्टा मात्र चल्ने गरेकोमा यो कार्यक्रम लगातार ५ घण्टा चल्नेछ। यसको लागि द एक्स ब्याण्डको साथै मिनिसोटाको एक्सेण्टर ब्याण्ड , मण्डे जन्किज बोस्टन, क्यालिफोर्नियाबाट अंकित ढकाल र प्रशिद्ध सारंगीबादक श्याम नेपालीले समेत यो मेलालाई थप रोचक र मनोरन्जनपूर्ण बनाउनेछन । त्यति मात्र नभएर डालसबाट पनि नियर मिरर ब्याण्ड ले प्रस्तुति दिंदैछ। बिचबिचमा चर्चित नृत्यहरु प्रस्तुत हुनेछन। दर्शकहरुको हरेक मिनेट मनोरन्जनले भरिपुर्ण हुनेछ।

श्याम नेपाली को हुन् ?


अमेरिकाका धेरै ठाउँहरुमा आफ्नो सारंगी बजाएर नेपाली संगीतको सेवा गरिरहेका एक धरोहर हुन् श्याम नेपाली। नेपाल र नेपाल बाहिर विभिन्न ठाउँहरुमा ५००० पटक भन्दा बढी प्रस्तुति दिइसकेका छन्। गन्धर्व परिवारमा जन्मेका हुनाले उनले ८ बर्षको उमेर देखि नै सारंगी बजाउन शुरु गरे। उनका हजुरबुबा मगर गाइने गन्धर्व र बुबा रामशरण नेपाली नेपालका प्रख्यात सारंगी बादक र गायक हुन्। आफ्ना हजुरबुबा र बुबाको बिंडो थाम्दै श्याम नेपालीले सारंगीलाइ आधुनिक गीतहरुमा प्रयोग गर्न शुरु गरे ।

पारिवारिक जमघटको सांगीतिक मेला
हामी हरेक कार्यक्रममा जाँदा युबाहरु र बयस्कहरुको नै रमाइरहेको देख्छौं। धेरै अभिभावकहरु आफ्ना नानिबाबुहरुको रेखदेख गर्नु पर्ने कारण यस्ता अबसरहरु गुमाउन पुग्छन। एकजनाले बच्चा हेरेर अर्को जना कन्सर्ट हेर्न जाने वा दुवै नजाने बिकल्प मात्र रहेको देख्छौं। धेरै नेपालीहरुका परिवार यहाँ बसोबास गरिरहेको अबस्थामा उनीहरुलाई सपरिवार सांगीतिक कार्यक्रममा सहभागी हुन सजिलो होस् भनेर यसपटक फ्युजन इन्टरनेसनलले १० बर्ष मुनिका बालबालिकाहरुलाइ निसुल्क प्रवेश र परिवार संगै बसेर रमाइलो गर्दै हेर्न मिल्ने गरी बस्ने व्यवस्था मिलाएको छ । बाउ एकातिर, आमा र बच्चा अर्कोतिर हुनु नपर्ने गरी संगै बसेर भरपुर मनोरंजन लिन सकिने व्यवस्था मिलाइएको आयोजकहरुले स्पस्ट पारेका छन् ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907