संगीत उत्पादक समाज बिरुद्ध परेको मुद्धा खारेज भएको छ ।
गत चैत २३ गते भएको संगीत उत्पादक समाजको चुनाबमा धाँधली भएको भन्दै दायर गरेको मुद्धा उच्च अदालत पाटनले खारेज गरिदिएको हो । सङ्गीत उत्पादक समाजको नव निर्बाचित कार्यसमिती लाई दैनिक काम कार्यबाहिमा रोक लगाउन माग गर्दै अन्तरिम आदेशको माग दाबी सहित मुद्धा दर्ता भएको थियो ।
यस अघि भएको पहिलो सुनुवाईमा इजलाशले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको थियो भने आजको बहसपछि उच्च अदालतले मुद्धा खारेज गरिदएको हो ।
निर्वाचनमा पराजीत भए पछि बर्तमान निर्वाचित कार्य समितिलाई अबैधानिक भन्दै अध्यक्षका प्रत्यासी सुवास रेग्मीले मुद्धा दर्ता गरेका थिए । अदालतमा मुद्धा दर्ता गरिसके पछि पनि उनले संस्था शुद्धिकरणको नाममा समाज र रोयल्टीका बिषयमा नकारात्मक प्रचार प्रसार गर्दै आएका थिए । चैत २३ गते भएको संगीत उत्पादक समाजको साधारण सभाबाट अध्यक्ष निर्मल ढकाल सहितका पदाधिकारी निर्वािचत भएका थिए । निर्वाचनका बेला ढकालले ११३ र रेग्मीले ५५ मत पाएका थिए । २०६९ साल चैत २१ गते स्थापना भएको संस्था समयमै नविकरण नगरेपछि २०७२ सालमा खारेजीमा परेको थियो । समाज स्थपना हुँदा अध्यक्ष पदम बहादुर बुढा थिए ।
सुवास रेग्मीले पछिल्लो कार्य समिति अबैधानिक भएको र यसलाई न्यायिक निरुपण बाट हटाएर पदम बहादुर बुढालाई नै अध्यक्ष बनाउने सार्बजनिक गर्दै आएका थिए । उच्च अदालतको आदेश पछि तत्कालका लागि उनले भनेजस्तो सम्भावनाको अन्त्य भएको छ । पछिल्ला दिनहरुमा रेग्मीले यस अघि तथानाम गाली गलौज गर्दै आएका ब्यक्तिहरु संगको बस उठलाई तिब्रता दिएका छन । अनामनगर, पुल्चोक, नक्साल लगायतका स्थानमा उनको बसउठ देख्नेहरुले बसउठलाई सम्बन्ध सुधारका लागि हो या के हो रहस्यमय रहेको टिप्पणी गरेका छन ।