संगीतकार संघको नेतृत्वमा राई : याङशु बाल प्रतिभा पुरस्कार अधिश्री कसपाललाई : संगीतकर्मी कल्याणकारी कोषमा एकैदिन २लाख ९२ हजार २२८ रुपैया

संगीतकार संघ नेपालको आठौ साधारण सभाले शान्तिराम राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  सनिवार राजधानीमा सम्पन्न साधारणसभाले राई सहित ११ जनाको कार्य समिति सर्बसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिमा शुनिल मास्के बरिष्ठ उपाध्यक्ष, महेश खडका प्रथम उपाध्यक्ष,चेतन सापकोटा द्धितिय उपाध्यक्ष, पारस मुकारुङ्ग महासचिव र बसन्त सापकोटा सचिव र हरि लम्साल कोषाध्यक्ष पदमा सर्बसम्मत भएका हुन । त्यसैगरी सदस्यहरुमा मिलन मोक्तान,शशी रावल,जेम्स प्रधान,राजेश थापा चयन भएका छन । संसोधित बिधान अनुसार दुई सदस्य नयाँ कार्य समितिले थप गर्नेछ । निवर्तमान अध्यक्ष लक्ष्मण शेष संघको संरक्षक बनेका छन । संघको बिधानले पुर्व अध्यक्षलाई संरक्षक तोकेको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको प्रमुख आतिथ्यमा भएको उद्धघाटन सत्रमा बिशेष अतिथि संस्कृति मन्त्रालयका सहसचिव भरतमणि सुबेदी, संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुली,गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देबकोटा,संगीत उद्योग संघका अध्यक्ष सुर्य मगर, संगीतकला पत्रकार संघका अध्यक्ष सुमन पण्डित लगायतले शुभ कामना मन्तब्य दिएका थिए ।
शुभकामना मन्तब्यका क्रममा बक्ताहरुले नेपाली संगीत क्षेत्रको श्रीबृद्धि र स्रष्टा सर्जकको हक अधिकारको लागि एकजुट भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । साधारण सभाले संघको बिधानपनि संसोधन गरेको छ । त्यसैगरी संगीतकर्मी कल्याणकारी कोष सञ्चालनको कार्यबिधि पनि संसोधन गरेको छ ।
त्यस अबसरमा संगीतकर्मी कल्याणकारी कोषका दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा आजिवन सदस्यहरुलाई प्रमाणपत्र र लोगो प्रदान गरिएको थियो । त्यसैगरी बिभिन्न समयमा बिभिन्न प्रकारले सहयोग गर्ने रेडियो अडियो, दिपेन्द्र खनिया, अमितचन्द्र अधिकारी, प्रभात लामा, बिकाश राणा, गेहेन्द्र धिमाल लगायतलाई बिशेष सम्मान पत्र प्रदान गरिएको थियो ।

यस बर्षको याङशु बाल प्रतिभा पुरस्कार अधिश्री कसपाललाई
बालकलाकार याङशु श्रेष्ठले स्थापना गरेको याङशु बाल प्रतिभा पुरस्कार २०७५ बाट बाल गायक अधिश्री कसपाल पुरस्कृत भएका छन ।
झक्तपुर कटुन्जेका ११ बर्षिय कसपाल प्रतिभाशाली गायक हुन । उनले ख्यातीप्राप्त संगीतकार हरुको संगीतमा गीत गाएका छन ।
संगीतकार संघ नेपालको निर्णायक टोलीले पहिलो बर्षको पुरस्कार उनलाई दिने निर्णय गरेको हो ।
राजधानीमा सनिवार भएको संगीतकार संघ नेपालको साधारण सभाका अबसरमा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटा, बिशेष अतिथि संस्कृति मन्त्रालयका सहसचिव भरतमणि सुवेदी पुरस्कारका संस्थापक र फाउण्डेशनका अध्यक्ष कल्पना श्रेष्ठको हातबाट उक्त पुरस्कार हस्तान्तरण गरिएको हो ।
याङशु फाउण्डेशन द्धारा स्थापीत १० हजार पुरस्कारको राशी रहेको उक्त पुररस्कार हरेक बर्ष १८ बर्ष मुनिका एक जना बाल प्रतिभालाई प्रदान गरिने संस्थापक याङशुले जानकारी दिइन ।
संगीतकार संघ नेपालसंगको रचनात्मक सहकार्यका लागि संघको संरक्षकत्वमा एकलाख रुपैयाको अक्षयकोष मार्फत आउने ब्याज बाट यो पुरस्कार प्रदान गरिने अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिएकी छन ।
पुरस्कार बितरण पछि बोल्दै याङशुले आफू पनि बालकलाकार भएको र यस प्रकारको प्रोत्साहनले अगाडी बढन प्रेरणा मिल्ने भएकाले पुरस्कारका लागि फाउण्डेशन स्थापना गरेको बताइन । १० बर्षकी याङशु सन २०१७को लिटिल मिस बिजेता हुन । उनि लिटिल मिस वल्र्डको तयारीमा छिन । ६ वटा नेपाली चलचित्रमा अभिनय गरेकी याङशुले दुई वटा गीत रेकर्ड समेत गराएकी छन । नेपाल र नेपाल बाहिर गरी झण्डै तीन सय बढि स्टेज हरुमा उनले आफनो कला प्रस्तुत गरिसकेकी छिन ।
संगीतकर्मी कल्याणकारी कोषमा एकैदिन २लाख ९२ हजार २२८ रुपैया
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा एकैदिन २लाख ९२ हजार २२८ रुपैया जम्मा भएको छ ।
संगीतकार संघ नेपालको आठौ साधारण सभाका अबसरमा सनिवार संघका नव निर्बाचित बरिष्ठ उपाध्यक्ष शुनिल मास्केले कोषलाई २लाख २२ हजार २२२ रुपैयाको चेक हस्तान्तरण गरेका हुन त्यसैगरी आजिवन सदस्य प्रल्हाद बोगटीले ५० हजार सहयोग गरेका छन ।
त्यसैगरी चर्चित संगीतकार राजनराज शिवाकोटीले १० हजार एक रुपैया सहयोग गरेर कोषमा जोडिएका छन । त्यसैगरी सनिवारनै जन्मदिन परेका गायक तथा संगीतकार थानेस्वर गौतमले पनि कोषलाई १० हजार ५ रुपैया सहयोग गरेका छन ।
हिजै प्रसिद्ध गायिका तथा संगीतकार मिरा राणाले आफू र आफ्नो श्रीमान उदयजंग राणाको तर्फ बाट कोषलाई ५१ ह्जार सहयोग गर्ने घोषणा गरेकि छन । त्यसैगरी प्रसिद्ध गीतकार डा भोला रिजालले पनि कोषलाई ५१ हजार सहयोग गर्ने घोषणा गरेका छन भने हाल मकाउ बस्दै आएकी समाजसेवी सिता खुलालले संगीत उद्योग संघका अध्यक्ष सुर्य मगर मार्फत १० हजार सहयोग गर्ने घोषणा गरेकि छन । संघले संगीतकर्मी कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्दै आएको छ । हिजो पनि दाताहरुलाई सम्मान गरिएको थियो ।
संगीतकर्मी हरुलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोषको स्थापना गरिएकोे हो । कोषका अभियन्ता लोकराज अधिकारीका अनुसार नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।
अहिले सम्म १० जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ७जना सर्जकको निधनका बेला कोषबाट ३लाख ६३ हजार ९सय १६ रुपैया सहयोग गरिएको छ । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने संघले जनाएको छ ।
संगीतकर्मी कल्याणकारी कोषको पछिल्लो बिवरण अनुसार कोषमा ११ लाख ८ हजार ७६७ रुपैया ८ पैसा बचत रहेको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन । जेठ महिनाको बिवरण सार्बजनिक गर्न बाँकि छ
संघले कोष बृद्धिका लागि मेचीमहाकाली सांगीतिक अभियानको काठमाण्डौ संस्करण सम्पन्न गरिसकेको छ । मेचीमहाकाली सांगीतिक अभियान पछि कल्याणकारी कोषको राशी ठूलो हुने बिश्वास संघको छ ।
कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधि खोजी गर्दै सहयोग रकमको प्रतिबद्धता ब्यक्त गरेका छन । दाताहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिएका छन । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907