व्यवसायका आधारमा उत्कृष्ट १० चलचित्र

छक्कापञ्जा–२ 

यो चलचित्र छक्कापञ्जाको सिक्वेल हो । ०७४ असोज ११ गते प्रदर्शनमा आएको चलचित्र छक्कापन्जा–२ ले आफूलाई यो वर्षकै सबैभन्दा बढी कमाइ गर्ने चलचित्रमा दर्ता गरायो । यो चलचित्र हलमा ५१ दिनभन्दा बढी चलेको थियो । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र छक्कापन्जा–२ ले १५ करोड रुपैयाँ कमाइ गरेको थियो । दीपकराज गिरी, दीपाश्री निरौला, विकास आचार्य आदिको लगानीमा निर्माण भएको उक्त चलचित्रमा दीपकराज, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, गौरव पहारी, स्वरुपुरुष ढकाल, सन्ध्या केसी, प्रकार घिमिरे, सरोज खनाल आदि कलाकारको अभिनय छ ।

कृ 

माघ २६ गते प्रदर्शनमा आएको अनमोल केसी अभिनीत चलचित्र ‘कृ’ले ८ करोड रुपैयाँ ग्रस कलेक्सन गर्‍यो । सुरेन्द्र पौडेलले निर्देशन गरेको उक्त चलचित्र हलमा तीन सातासम्म चलेको थियो । भुवन केसी तथा सुवास गिरीको संयुक्त लगानीमा निर्माण भएको चलचित्र कृमा अनमोलका अतिरिक्त अदिती बुढाथोकी, अुनपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी आदि कलारकारले अभिनय गरेका छन् ।

२ रुपैयाँ

भदौ २४ गते प्रदर्शनमा आएको चलचित्र ‘२ रुपैयाँ’ ले पनि रामै्र व्यापार गर्‍यो । यो चलचित्रले ७ करोडको हाराहारीमा व्यापार गरेको बताइन्छ । अशिम शाहको लेखन तथा निर्देशनमा सामाजिक तथा प्रेमकथामा आधारित उक्त चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, स्वस्तिमा खड्का, टीका पहारी, रवीन्द्र झा आदिको अभिनय छ ।

ए मेरो हजुर–२ 

सुनिलकुमार थापाले निर्माण गरेको चलचित्र ए मेरो हजुर–२ पनि यो वर्षको सफल चलचित्र हो । १ करोड २५ लाख लगानीको चलचित्र ए मेरो हजुर–२ ले ५ करोड ७२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । झरना थापाको पहिलो निर्देशनको यो चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानियाँ, अम्बर सुवेदी, अनुभव रेग्मीर, बुद्धि तामाङ, अनुराग कुँवर आदि कलाकारले अभिनय गरेका छन् ।

कान्छी

अभिनेत्री श्वेता खड्काद्वारा निर्मित चलचित्र ‘कान्छी’ पनि राम्रो व्यापार गर्ने चलचित्रको सूचीमा छ । कान्छीले ९ करोडभन्दा माथिको व्यापार गरेको छ । आकाश अधिकारीको निर्देशनको यो चलचित्रमा श्वेता खड्का, दयाहाङ राई, अनु शाह, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ आदिले अभिनय गरेका छन् ।

ऐश्वर्या 

रमेश उप्रेती अभिनित चलचित्र ऐश्वर्याले ३ करोड ५० लाख ग्रस कलेक्सन गर्‍यो । दिवाकर भट्टराईको लेखन तथा निर्देशनको यो चलचित्रमा रमेशका अतिरिक्त दिपिका प्रसाईं, केकी अधिकारी, प्रशान्त ताम्राकार, विकाश खतिवडा, अर्जुन श्रेष्ठ आदि कलाकारको पनि अभिनय छ ।

म यस्तो गीत गाउँछु 

पल शाह र पूजा शर्माद्वारा अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले पनि व्यवसायिक सफलता हात पार्‍यो । सुदर्शन थापाको निर्माण एवं निर्देशनको यो चलचित्रले ६ करोड आम्दानी गरेको बताइन्छ । प्रेमकथामा आधारित चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा पल र पूजाका अतिरिक्त सरोज खनाल, रुपा राना, राजाराम पौडेल आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रले राम्रो व्यापार गरेपछि चलचित्रकी निर्मात्री एवं अभिनेत्री पूजा शर्माले यसको सिक्वेलमा पनि पललाई नै अभिनय गराउने घोषणा गरिसकेकी छिन् ।

प्रेमगीत–२ 

यो चलचित्र ०७२ सालको सफल चलचित्र ‘प्रेमगीत’को सिक्वेल हो । ०७४ साउन १३ गते प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत–२’ पनि सफल चलचित्रमध्ये एक हो । करिब २ करोडको लगानीमा बनेको यो चलचित्रले ८ करोड आम्दानी गरेको थियो । सन्तोष सेनको निर्माण तथा रामशरण पाठकको निर्देशनमा बनेको चलचित्र ‘प्रेमगीत’ मा प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाईँ आदि कलाकारको अभिनय छ ।

शत्रुगते 

यो वर्ष व्यवसयिक रूपमा सफलता हात पारेको अर्को चलचित्र हो— शत्रुगते । चैत ९ गते प्रदर्शनमा आएको चलचित्र शत्रुगतेले दोस्रो हप्तासम्ममा ८ करोड भन्दा माथिको कारोबार गरेको थियो । सामाजिक, प्रेम र कमेडी कथामा आधारित यो चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् । मह सञ्चारले निर्माण गरेको यो चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, शिवहरी पौडेल, किरण केसी, रमेशरञ्जन झा आदि कलाकारको अभिनय हेर्न पाइन्छ।

(साप्ताहिक मनोरंजनबाट )

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907