संगीतकर्मी कल्याणकारी कोष र पानी अभियानलाई गायक कन्हैया सिंहको सहयोग
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा प्रसिद्ध गायक तथा संगीतकार कन्हैया सिंहले आर्थिक सहयोग गरेका छन ।
हाल अमेरिकमा रहेका सिंहले आमा टिकामाई देबीको पुण्य स्मृतिका अबसर पारी कल्याणकारी कोष र दाङ्गको घोराही ४ सुनपुरको करोडपानी अभियानलाई सहयोग गरेका हुन । सिंहले पठाएको सहयोग रकम उनकी बहिनि गीता सिंहले संगीतकार संघका प्रेस सल्लाहकार एबं पानी अभियानका एक अभियन्ता लोकराज अधिकारीलाई हस्तान्तरण गरेकी हुन । गायक सिंहले कल्याणकारी कोषलाई पाँच हजार र पानी अभियानलाई पाँच हजार एकसय रुपैया सहयोग गरेका हुन ।गायक सिंहले आमा र बुवाको नामबाट टिकागोपाल एम कृयशन सञ्चालनमा ल्याएका छन । त्यसै संस्था मार्फत प्रत्येक बर्ष दुईजनालाई संगीत पढनका लागि छात्रबृति प्रदान गर्दै आएका छन । कन्हैयाले यस अघि आमाको स्मृतिमा आलाप नामक एल्वम सार्बजनिक गरिसकेका छन । सहयोग पछि गायक सिंहले सामाजिक कार्य र पुण्य अभियानमा जोडिन पाएकोमा खुशी ब्यक्त गर्दै आउदा दिनमा पनि सक्दो सहयोग गर्ने जानकारी दिएका छन ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले संगीतकर्मी कल्याणकारी कोषको स्थापना गरिएकोे हो । संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।
अहिले सम्म ९ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ७जना सर्जकको निधनका बेला कोषबाट ३लाख ३८ हजार ९सय १६ रुपैया सहयोग गरिएको छ । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने संघले जनाएको छ ।
संगीतकर्मी कल्याणकारी कोषको फागुन ४ गते सम्मको विबरण अनुसार कोषमा १० लाख ६ हजार २१२ रुपैया ८ पैसा बचत रहेको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन । पछिल्लो पटक गायक ओम बिक्रम बिष्टको उपचारका लागि संगीतकर्मी कल्याणकारी कोषबाट २५ हजार सहयोगका गरिएको थियो ।
कल्याणकारी कोषबृद्धिका लागि संगीतकार संघ नेपालले बैसाख ७ गते देखी मेचीमहाकाली सांगीतिक अभियान शुरु गर्दै छ ।
कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधि खोजी गर्दै सहयोग रकमको प्रतिबद्धता ब्यक्त गरेका छन । दाताहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिएका छन । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ ।
नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोष ठूलो हुदा कुनै पनि स्रष्टा सर्जकलाई यस अघिको जस्तो नियति भोग्न नपर्ने अबस्था बन्ने संघको बिश्वास छ ।