संगीत उत्पादक समाजको साधारणसभा शुक्रबार हुदै उपाध्यक्ष र महासचिव निर्बिरोध

संगीत उत्पादक समाज नेपालको तेश्रो साधारण सभा शुक्रवार हुदै छ ।
प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार राजेन्द्र सिग्देलको प्रमुख आथिथ्यमा भोली बिहान ११ बजे कमलादीमा हुने तेश्रो साधारण सभाले दोश्रो कार्याकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
२०७ जना सदस्य रहेको समाजको बर्तमान नेतृत्वले रोयल्टी संकलन र वितरणमा सकारात्मक कार्य गरेकोले पुरानै नेतृत्वलाई दोहोराउनु पर्ने आवाज उठेपनि मतदान बाटै नेतृत्वको टुङ्गो लाग्ने भएको छ ।
आज सुरु भएको निर्वाचन प्रकृयामा ९ सदस्यीय कार्य समतिका लागि १७ जनाको उमेद्धवारी परेको छ ।
निर्वाचन समितिका प्रमुख अधिबक्ता तारा श्रेष्ठका अनुसार उपाध्यक्ष पदमा निबर्तमान कार्य समितिका उपाध्यक्ष सुर्य मगर र महासचिवमा निबर्तमान कार्य समितिका महासचिव हुम गैरैको मात्र उमेद्धवारी परेको छ । मगर र गैरै निर्बिरोध भएका छन ।
अध्यक्षमा निर्वतमान अध्यक्ष निर्मलराज ढकाल र सुवास रेग्मीको उमेद्धवारी परेको छ । ढकालले एक कार्यकाल कुशलता पुर्वक सम्पन्न गरेकाले आफूलाई सदस्यहरुले दोहोराउन चाहेकोले उमेद्धवारी दिएको बताएका छन ।

 

 

 

आफनै कार्यकालमा एनसेल, एनटिसि र यातायातको रोयल्टी संकलनको कार्य भएकाले त्यसलाई ब्यबस्थित बनाउन एक कार्यकाल आफू दोहोरिदा उचित हुने देखेर उमेद्धवारी दिएको ढकालले बताए ।
अध्यक्ष पदका अर्का उमेदवार रेग्मी उत्पादक समाजभित्र अनियमितता भएको आरोप र संगीत क्षेत्र शुद्धिकरणको नारा सहित मैदानमा उत्रेका छन । रेग्मी करिव एकदशक देखी संगीत क्षेत्रमा क्रियाशिल छन । तर उनका अभिब्यक्तिले धेरै संगीतकर्मीहरु उनि प्रति सकारात्मक देखिदैनन ।
अघिल्लो निर्वाचनमा पनि ढकाल र रेग्मी प्यानल बनाएर निर्वाचनमा गएका थिए । तर रेग्मी प्यानलबाट एकजना उमेदवार मात्र बिजयी भएका थिए ।
कार्यसमितिको सचिव र कोषाध्यक्ष पदमा दुई दुई जनाको उमेद्धवारी परेको छ । सचिव पदमा शुनिल लामिछाने र रामकुमार सिवाकोटी र कोषध्यक्ष पदमा बाबुराम बोहरा र राजशुक्र लिम्बुको उमेद्धवारी परेको छ ।

त्यसैगरी ४ सदस्य पदका लागि ९ जनाको उमेदवारी परेको छ । सदस्य पदका लागि सन्तोष केसी, टुकराज काफ्ले, केशव सापकोटा,जमुना राना,खगेन्द्र कुमार लिम्बु, तोरण गुरुङ्ग,धनकुमार ज्ञाङमी, उमेश गुरुङ्ग र बिमल अधिकारीको उमेदवारी परेको छ ।

भोली बिहान ११ बजे उदघाटन सत्र शुरु हुने र दोश्रो सत्र २ बजे पछि शुरुहुने समजाले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907