रुपै मोहनीमय बन्यो बानेस्वरको होली कार्यक्रम
फागु पर्वका अबसरमा रेडियो अडियोले बिहिबार बानेस्वरमा आयोजना गरेको होली कार्यक्रम अन्य स्थानका कार्यक्रम भन्दा बिशेष बन्न पुगेको छ ।
चलचित्र शत्रु गतेकोको टिम संग सहकार्य गरेको सदभाव पुर्ण होली हेर्न र सुन्न दर्शक हरुको भिड लागेको थियो ।
कलाकारको जम्बो टोली सहभागी कार्यक्रम हेर्न कार्यक्रमको अन्तिम समय सम्म पनि दर्शक आइरहेका थिए । ढिलो आइ पुगेको भन्दै केहि दर्शक थकथकाई रहेका पनि देखिन्थे । बिहान १० बजे बाट औपचारिक रुपमा सुरु भएको होली कार्यक्रम दिउसो दुई बजे सम्म चलेको थियो ।
कार्यक्रममा कार्यक्रममा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको बिशेष प्रस्तुति रहेको थियो ।
त्यसैगरी किरण केसी , दीपकराज गिरी, दीपाश्री निरौला, प्रियङका कार्की , पल शाह , र आँचल शर्माको प्रस्तुतीले कार्यक्रममा दर्शकको ताली बटुल्यो ।
सुरु देखिनै चलचित्र शत्रु गतेमा समाबेश लोकराज अधिकारीको शब्द टंक बुढाथोकीको संगीत र बुढाथोकी र मिना निरौलाको स्वर रहेको रुपैमोहनी गीत बज्दा मा दर्शक नाँच्न सुरु गरेका थिए । औपचारीक कार्यक्रममा शत्रु गतेको टीम रुपै मोहनी गीतमा दोहोरयाएर नाँचेका थिए । नायिका प्रियंका कार्की अलि ढिलो आइपुग्दा उक्त गीतमा दिपकराज गिरी र प्रियंका दोहोरयाएर नाचेका हुन । त्यहि गीतमा बाल कलाकार याङ्गशु श्रेष्ठले पनि आकर्षक नृत्य गरेकि थिइन ।
त्यसैगरी सिताराम कटट्ेल धुर्मुुस,गायक तथा संगीतकार टिका भण्डारी, गायीका कुन्ती मोक्तान , शितल मोक्तान,बालकलाकार याङशु श्रेष्ठको प्रस्तुतीमा पनि दर्शकले ताली दिए ।
कार्यक्रममा गायक तथा हास्य कलाकार यमन श्रेष्ठ , कलाकार सन्दिप क्षेत्री ,सुमन कार्की ,सुरज भिरखोइरे, अमृत खाती ,दिनेश काफ्ले, धन कुमारी थापा सरु, रानु निरौला लगायतका कलाकारको प्रस्तुतिमा दर्शक झुमेका थिए ।
राजा राजेन्द्रले सहजीकरण गरेको कार्यक्रममा उपस्थित हुन नसेका दर्शक श्रोताले नेपाल टेलिभिजन , र रेडियो अडियो बाट भएको प्रत्यक्ष प्रसारणबाट मनोरन्जन लिएका थिए । हिजै अन्य स्थानमा पनि होली कार्यक्रम भएका थिए । कलाकारको टिम र प्रस्तुतीका कारण बानेस्वरमा दर्शकहरुको चाप अत्यन्त धेरै देखिएको थियो । रंगहरुको पर्व फागुलाई सभ्य र भब्य तरिकाले प्रतिष्ठित कलाकारको साथमा मनाउन पाएको भन्दै दर्शकहरुले समेत खुशी साटासाट गरेका थिए । यसैबीच कार्यक्रमलाई सभ्य र भब्य बनाउन सहयोग गर्ने सबैलाई आयोजक रेडियो अडियोले धन्यबाद दिएको छ । रेडियो अडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनियाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने चलचित्र शत्रुगतेको टिम,त्यसैगरी टुवोर्ग,जस्मीन पेन्ट,एड रिलिज मिडिया हब,नयाँ पत्रिका, नेपाल टेलिभिजन लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबै प्रति आभार ब्यक्त गरेका छन ।