हङकङ्गमा रहेका नेपालीद्धारा जलजलालाई १ लाख ६५हजार सहयोग
दुबै मिर्गौला फेर्नु पर्ने गायिका जलजला परियार को उपचारका लागि हङकङ्गमा रहेका नेपालीहरुले १लाख ६५हजार सहयोग गरेका छन ।.
सगुन राना र रितामाया गुरुङ बिषेश पहलमा सहयोग रकम संकलन गरिएका हो ।
संकलन गरिएको उक्त रकम गायक हेमन्त शर्मा मार्फत जलजलाका परिवारलाई टिचिङ्ग अस्पताल पुगेर हस्तान्तरण गरिएको छ ।
गायक शर्माले जलजलाको उपचार सहयोगका लागि आफ्नो तर्फबाट सहयोग गरिसकेका छन भने सहयोग जुटाउन पहल पनि गरिरहेका छन ।हङकङ्गमा रहेका दुवान्सी गुरुङ ,रिता गुरुङ, सगुन राना , सुनैना राई , लिली राई , दिप्ती गुरुङ , मिसा नेपाली, सरु राई, गंगा पुन, डिआरजी कुश, गंगा पुन,राई टिका टाइगरकोइ ,कोरियन कान्छा, संगीता तामाङ्ग मानसिंह गुुरुङ , आस्था बस्नेत, गुरुङ सेजल ,आशा गुरुङ,रुशा पुन रुमदाली भिम राई, दिल गुरुङ , रमा देबी गुरुङ, बल्लभ रोका , कोपीला राना, बाट उक्त रकम संकलन गरिएको हो । त्यसैगरी युबिका घले ,मेलिना गुरुङ, जानु राइ, प्रतिमा गुरुङ, गोमा गुरुङ ,सरिता राणा, रिमा राई ,फरीता गुरुङ ,माया थापा , देबी गुरुङ , तुङ किन वा ,रिता माया गुरुङ , सानु घले , मिरा गुरुङ ,पुन अम्मर ,कुमारी दीलकुमारी ,आरती गुरुङ, मदन प्रसाद राना , प्रीतिका छन्थेल चइनीज चेचे ,गनेश राना ,अनिता गुरुङ ,भेस्मा राना, रेनु राइ ,इन्दिरा थापा, सिमा घले , देबिका गुरुङ, काइलि गुरुङ ,हेमलता गुरुङ ,तारा पुन, गोमा कुवर, भुमि सेरचन, गौरिमाया राना, रुपा गुरुङ ममिना नेपालीले पनि उपचार सहयोगका लागि रकम उपलब्ध गराएका हुन ।
दुवै मृगौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पतालमा उपचारार्थ रहेकी गायिका जलजला परियारलाई सहयोग रकम जुटनेक्रम जारी छ । उनको अहिले डायोलाइसिस भैरहेको छ । केहि दिनमा दुबै मिर्गौला प्रत्यारोपण गर्नु पर्ने चिकित्सक हरुले बताएका छन ।
गायिका जलजलाले गाएको बाटोमुनीको फूल–२ को गीत केही कदम निकै चर्चामा रह्यो भने उनले ढुंगाको मन हुनेलाई, म त रोएँ रोएँ जस्ता दर्जनभन्दा बढी गीत गाइसकेकी छन् ।