गयिका जलजलालाई रापती समाज अष्ट्रेलियाको तर्फबाट ५१ हजार २५० सहयोग
दुवै मृगौला खराब भएर टिचिङ अस्पतालमा उपचार गराइरहेकि गायिका जलजला परियारको उपचारका लागि रापती समाज अष्ट्रेलियाको तर्फबाट ५१ हजार २५० सहयोग गरिएको छ । समाजका अध्यक्ष नरेश रेग्मी सहितका पदाधिकारीले संकलन गरेको रकम शुक्रबार जलजलाका परिवारलाई हस्तान्तरण गरिएको हो । संबैधानिक कानुनका ज्ञाता गायक तथा संगीतकार डा भिमार्जुन आचार्य, गायक तथा संगीतकार प्रकाश रेग्मी र गीतकार एबं पत्रकार लोकराज अधिकारी शिक्षण अस्पताल पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।
सहयोग हस्तान्तरण पछि बोल्दै डा अचार्यले रापती समाज अष्ट्रेलियाले गरेको कार्यको प्रशंशा गरे । उनले यस प्रकारको मानविय सेवामा जुटने समाजका सबै सदस्यलाई धन्यवाद पनि दिए ।
कमको शिलशिलामा अष्ट्रेलिया पुगेका रापतीका युवाहरुले गरेको यो सहयोगले बिश्वको कुनामा रहेका रापती बासीलाई प्रेरणा दिएको र गर्व गर्ने बिषय भएको बताए । डा आचार्यले सहयोग जुटाउन पहल गर्ने कार्यसमिति र शुभेक्छुकको सहयोगी मनलाई नमल गर्नु पर्ने बताए । त्यस क्रममा गायक तथा संगीतकार प्रकाश रेग्मी र गीतकार एबं पत्रकार लोकराज अभिकारीले जलजलाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै अन्य सहयोगी हात अगाडी बढाउन आग्रह गरेका छन । नेपाली तारा सिजन –३ मा उत्कृष्ट ६ बाट बाहिरिएकी गायिका जलजला परियार पछिल्लो समय शास्त्रीय संगीतको अध्ययन गरिरहेकी थिइन् । दुवै मृगौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पतालमा उपचारार्थ रहेकी गायिका जलजला परियारलाई सहयोग रकम जुटनेक्रम जारी छ ।
रापती समाज अष्ट्रेलियाले स्थापना संगै मानविय सेवा साथै बिबिध गतिबिधि गर्दै आएको छ । निकट भविश्यमै समाजले अष्ट्रलियामै अन्तराष्ट्रिय रापती म्यूजिक अवार्ड पनि गर्दै छ ।