गायिका जलजलाको उपचारका लागि संगीतकर्मी कल्याणकारी कोष बाट २५ हजार सहयोग
नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजला परियार को उपचारका लागि संगीतकर्मी कल्याणकारी कोष बाट सहयोग गरिएको छ ।
उनको दुबै मिर्गौलाले काम गर्न छोडेको छ ।
आज टिचिङ्ग अस्पताल पुगेर कोषका तर्फबाट २५ हजार रुपैया जलजलाका अभिभावकलाई हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरणका लागि संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष,कोषाध्यक्ष हरि लम्साल , संघका प्रेस सल्लाहकार लोकराज अधिकारी र सदस्य सुदीप सागर अस्पताल पुगेका थिए । सहयोग हस्तान्तरण पछि संघका अध्यक्ष शेषले भने “चाहना त जलजलाको उपचारका लागि सबै खर्च ब्यहोर्ने थियो तर कोष प्रारम्भिक चरणमै रहेकाले हाललाई सानो सहयोग गर्न सक्यौ” । उनले संघ र कोषका तर्फ बाट थप के गर्न सकिन्छ पहल गरिने जानकारी परिवारका सदस्यलाई गराएका थिए ।
परिवारका सदस्यले संघको सहयोग र सदाशयता प्रति आभार ब्उक्त गरेका छन ।
दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी हुन । उनको अहिले डायोलाइसिस भैरहेको छ । केहि दिनमा दुबै मिर्गौला प्रत्यारोपण गर्नु पर्ने चिकित्सक हरुले बताएका छन ।
यसैबीच संगीतकार संघले जलजलाको उपचारका लागि सक्दो सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । साथै संघले उनको उपचारलाई सहज बनाउन र सरकारीस्तर बाट गर्न सक्ने सबै सुबिधा उपलब्ध गराउन सरकार संग जोडदार माग पनि गरेको छ । नेपाली तारा सिजन–३ को छैटौं स्थानसम्म आयकि जलजलाको गायकीलाई त्यतिबेला सबैले गायन क्षेत्रको एउटा अब्बल तारा बन्ने आशिर्वाद दिएका थिए । उनले संगीतकार हरि लम्सालको संगीतमा पनि गीत गाएकि छन ।
गायिका जलजलाले गाएको बाटोमुनीको फूल–२ को गीत केही कदम निकै चर्चामा रह्यो भने ढुंगाको मन हुनेलाई, म त रोएँ रोएँ जस्ता दर्जनभन्दा बढी गीत गाइसकेकी छन् ।