संगीतकर्मी कल्याणकारी कोषमा गायिका शकुन्तला थापाको १० हजार सहयोग
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा चर्चित गायिका शकुन्तला थापाले १० हजार सहयोग गरेकि छन । हाल युरोपमा रहेकि गायिका थापाले आफ्नो जन्मदिनका अबसरमा कोषलाई सहयोग गर्ने घोषणा गरेकि थिइन । उनले आमा नरि थापा र भतिज योगेन थापा मार्फत कोषमा रकम हस्तान्तरण गरेकि हुन ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम निरन्तर रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिएका छन ।
कल्याणकारी कोषबृद्धिका लागि संगीतकार संघले बिभिन्न कार्यक्रमहरु गर्दै आएकोछ । यसैक्रममा आउदो बैसाख महिना बाट मेचिकाली अभियानको थालनी गर्ने संघको तयारी छ । संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधि खोजी गर्दै सहयोग रकमको प्रतिबद्धता ब्यक्त गरेका छन । दाताहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिएका छन । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ ।
नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।
अहिले सम्म ७ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ७जना सर्जकको निधनका बेला कोषबाट २ लाख ५८ हजार ९सय १६ रुपैया सहयोग र खर्च गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका छन । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने अध्यक्ष शेषले जानकारी दिए ।
पुष सम्मको बिबरण अनुसार कोषमा ९ लाख ८८ हजार ७२७ रुपैया ८ पैसा बचत रहेको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन ।