नमस्ते नेपाल हातेमालो सामाजिक संस्था द्वारा मिर्गौला साथै क्यान्सर पिडितलाई सहयोग रकम हस्तान्तरण
बिगत लामो समय देखि सामाजिक क्षेत्रमा कार्यरत नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले दुइजना मिर्गौला पिडित साथै एकजना क्यान्सर पिडित बिरामीलाई सहयोग रकम हस्तान्तरण गरेको छ |
नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको इजरायल समन्वय समितीबाट संकलित रकम २ जना मृगौला पिडित काठमाडौँ महानगरपालिका ८ बागेश्वरीका वर्ष ३२ का गणेश संङत तथा मेची नगर पालिका झापा निवासी २२ वर्षिय कुस्ती खेलाडी शिव कुवर त्यस्तै बारा जिल्ला जितपुर उपमहानगर पालिका १५ निवासी १८ बर्सिय ब्लड क्यान्सर पिडित युनेस प्रसाद पौडेल लाइ उपचारको सहयोगको लागि प्रति ब्यक्ति ५१,१५१/एकाउन्न हजार रुपैयाका दरले जम्मा रु. (१,५३,४५३) एकलाख त्रिपन्न हजार चार सय त्रिपन्न रुपैया हस्तान्तरण गरिएको छ |
संस्थाका परोपकारी मन तथा समन्वय समिती इजरायलका संयोजक डकम सिटौला लगायतको संम्पुर्ण टिम बाट संकलित उक्त रकम बिरामी समेतको उपस्थितमा संस्थाका केन्द्रिय अध्यक्ष रामशरण बानियाँ , ईन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कडेल त्यस्तै गणेश जी.सी. लगायत संस्थाका अन्य सदस्य हरुको बाक्लो उपस्थिती मा उक्त रकम हस्तान्तरण गरिएको संस्थाका केन्द्रिय अध्यक्ष रामशरण बानियाँले ओएस नेपाललाइ जानकारी दिनु भएको हो |