अमेरिकी रास्ट्रपतिद्वारा “दिशा निस्किने प्वाल” भन्दै अफ्रिकी देशहरुको अपमान
वाशिंगटन डिसी । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपले बिदेशी नागरिकहरुलाई दिइएको सुरक्षा प्रति रोष प्रकट गर्दै ती देशहरुलाई “दिशा निस्किने प्वाल” (Shithole भन्ने शव्दावली प्रयोग गर्दै अपमानित गरेका छन् । आज ओभल अफिसमा सांसदहरुसंग कुरा गर्दै उक्त कुरा व्यक्त गरेको बताइएको छ ।
वाशिंटन पोस्टका अनुसार हाइटी, एल साल्भाडोर र अरु केहि अफ्रिकी देशहरुको “अस्थायी सुरक्षा अवस्था” (Temporary Protected Status नबिकरणको लागि छलफल गर्न गएका सांसदहरुसंग ट्रंप रिसले आगो हुँदै उक्त कुरा भनेका थिए ।
“हामीले किन यस्ता दिशा निस्किने प्वाल जस्ता देशहरुबाट मान्छेहरु आउन दिइरहेका छौं?” भेटमा उपस्थित दुइ व्यक्तिहरुका अनुसार रिपब्लिकन र डेमोक्र्याटहरु सहमत भएको भनिएको अध्यागमन समबन्धि सहमतिको बारेमा उनको आक्रोश पूर्ण अभिव्यक्ति थियो । त्यसपछि उनले नर्बे जस्ता देशहरुबाट मान्छे ल्याउन सुझाव दिएका थिए जहाँका प्रधानमन्त्रीसंग ट्रंपले बुधबार मात्र भेट गरेका थिए ।
ट्रंपको यो अभिव्यक्तिको सर्बत्र बिरोध गरिएको छ भने प्रबक्ता राज शाहले वाशिंगटन पोस्टमा यो समाचार प्रकाशित भए पछि पहिलो प्रतिक्रिया दिंदै ” वाशिंटनका अरु राजनीतिज्ञहरुले अरु देशलाई प्राथमिकतामा राखे पनि रास्ट्रपति ट्रंपले भने अमेरिकालाइ पहिलो प्राथमिकतामा राख्छन” भने एक बिज्ञप्ति जारी गर्दै रास्ट्रपतिको बचाउ गरेका छन् ।