डेढ प्रतिशत कम भित्रियो रेमिट्यान्स, मूल्य वृद्धि ४ प्रतिशत

काठमाडौं । चालु आवको चार महिना (कात्तिक) सम्ममा रेमिट्यान्स भित्रने दरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले घटेको छ ।

यस वर्षको कात्तिक सम्ममा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको कात्तिकसम्ममा २ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

कामको लागि विदेश जाने नेपालीको संख्या घटेकोले रेमिट्यान्स भित्रने क्रम घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ । साउदी अरेबियामा पछिल्लो समय देखिएको मन्दिको कारण त्यहा रोजगारीको लागि जाने नेपालीको संख्यामा कमि आएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएपनि साउदी अरेबिया जानेको संख्यामा उच्चले कटौती भएको हो । राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्यांकमा यो वर्ष कात्तिकसम्ममा १५ हजार ९ सय २१ मानिसहरु रोजगारीको खोजीमा साउदी अरब गएका थिए भने गत वर्ष ३१ हजार ८ सय ८१ गएका थिए ।

घट्दो रेमिट्यान्स र व्यापार असन्तुलन कायमै रहँदा देशको आय व्यय (शोधानान्तर स्थिती) मा दबाब पुगेको छ । शोधानान्तर बचत मात्रै २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । नेपालमा ३ खर्ब २८ अर्ब रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ भने देशबाट २९ अर्ब बराबरको बस्तु तथा सेवा निर्यात भएको छ । चालु खाता २५ अर्बले घाटामा छ , व्यापार घाटा भने ३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।

रेमिट्यान्स भित्रने क्रम सुस्त भएपनि देशसँग रहेको विदेशी मुद्राको सञ्चिती हालसम्म सन्तोषजनक अवस्थामा छ । ११ खर्ब ५ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिती रहेको छ । बैंकहरुसँग रहेको विदेशी मुद्राले साढे ११ महिनाको लागि बस्तु तथा सेवा आयात धान्न पुगने अवस्था छ ।

त्यस्तै, असोजको तुलनामा कात्तिकमा मूल्य वृद्धि बढेर ३.९ प्रतिशत पुगेको छ । असोजमा ३.१ प्रतिशत थियो । महंगीको सबैभन्दा धेरै मार पहाडले खेपिरहेको छ । त्यहा ६.२ प्रतिशत मूल्य वृद्धि छ । हिमालमा ४ प्रतिशत, तराईमा ५.१ प्रतिशत र काठमाडौंमा ३ प्रतिशत मूल्य वृद्धि छ । जुम्लामा मूल्यवृद्धि अन्य हिमाली जिल्लामाभन्दा धेरै रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । (श्रोत : onlinekhabar )

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907