संगीतकर्मी कल्याणकारी कोषको मासिक विबरण सार्बजनिक :कोषमा ९ लाख ८८ हजार ७२७ रुपैया ८ पैसा बचत

 

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको पुष ६ गते सम्मको विबरण सार्बजनिक गरिएको छ ।
कोषमा ९ लाख ८८ हजार ७२७ रुपैया ८ पैसा बचत रहेको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम निरन्तर रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिएका छन ।
संगीतकर्मी हरुलाई आपत विपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषबृद्धिका लागि संगीतकार संघले बिभिन्न कार्यक्रमहरु गर्दै आएकोछ । संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधि खोजी गर्दै सहयोग रकमको प्रतिबद्धता ब्यक्त गरेका छन । दाताहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिएका छन । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ ।
नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।
अहिले सम्म ७ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ५ जना सर्जकको निधनका बेला कोषबाट २ लाख ४६ हजार ४सय १६ रुपैया सहयोग र खर्च गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका छन । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने अध्यक्ष शेषले जानकारी दिए ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907