शत्रु गतेको ‘रुपै मोहनी’मा तीन पुस्ताको छमछमी
महसञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा‘शत्रु गते’को छायाकंन आईतबार देखि लगभग सकिएको छ ।अआईतबार सिनेमामा समावेश ‘रुपै मोहनी’बोलको गीतको तीन दिन लगातारको छायाकंन सँगै सिनेमाको धेरैजसो छाँयाकंन सकिएको छ । अब अन्तिम अर्को एउटा गीतको छायाकंन बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।
बौद्धस्थित समता हस्पिटलमा यस गीतको छयाकंनको लागि भव्य सेट बनाईएको थियो । सिनेमाको एउटै गीतको छाँयाकंनका लागिमात्रै निर्माण टिमले तीनदिन र झण्डै १५ लाख खर्चेको छ ।
यस गीतमा सिनेमाका प्राय कलाकारलाई समेटिएको छ । लोकराज अधिकारीका शब्द र टंक बुढाथोकीको संगीत रहेको यस गीतमा आवाज भने टंक बुढाथोकी र मिना निरौलाको छ । गीतमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, शिवहरी पौड्याल, बसुन्धरा भुसाल लगायतलाई फिचर गरिएको छ । गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन ।
किरण केसीले १६ वर्षपछि निर्माण गरेको ‘शत्रु गते’को वीरगंजमा १७ दिन र काठमाण्डौमा सिनेमाको ४० दिनभन्दा बढि छाँयाकंनको लागि छुट्याईएको थियो । यसै शेड्युल अनुसार सिनेमाको छाँयाकंन भएको हो ।
यस सिनेमामा हाँस्य कलाकारहरु को बाहुल्यता भएका कारण सिनेमा हेर्न धेरै उत्साहित भएका छन् । शत्रुहरुलाई परास्तगर्ने विशेष एक दिनमा‘शत्रु गते’ केन्द्रित रहेको बताइएको छ ।
‘शत्रु गते’मा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल शिवहरी पौड्याल, लगायतका कलाकारहरुको मुख्य भूमिका छ । सिनेमाले चैत्र ९ गतेलाई आफ्नो प्रदर्शन मिति तोकेको छ ।