ढुक्क भएर मतदान गर्न गृहको आग्रह

काठमाडौँ, २० मंसिर ,  बिहीबार दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लाका लागि आवश्यक सुरक्षा तयारी पूरा गरी सबै मतदानस्थलमा मतदान सामग्री र कर्मचारीसहित सुरक्षाकर्मीहरू तैनाथ भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहसचिव मोहनकृष्ण सापकोटाले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि दुई लाख सुरक्षाकर्मी परिचालन गरी पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिँदै ढुक्क भएर मतदान गर्न सबैमा आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनका सबै तहका क्रियाकलापमा मजबुत सुरक्षा व्यवस्था मिलाइएको छ ।”

सुरक्षाको प्रत्याभूति दिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई योजनाबद्ध तवरले सशक्तरुपमा परिचालन गरिएको उहाँले बताउनुभयो ।

गृहसचिव सापकोटाले निर्वाचन विरोधी गतिविधिलाई निस्तेज र नियन्त्रण गर्न सरकार लागिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न बाधा, व्यवधान सिर्जना गर्न खोज्ने, डर त्रास पैदा गर्न खोज्ने र विष्फोटनका घटना घटाई उम्मेदवार, राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारण जनतालाई घाइते तुल्याउनेजस्ता निर्वाचन विरोधी, आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षाका निरोधात्मक र प्रतिरोधात्मक कारबाही कडाइका साथ तीव्र तुल्याइएको छ ।(रासस) ः

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907