स्रष्टा तथा कलाकारहरूले ‘स्रष्टा-कलाकार परिचय पत्र’ पाउने पक्का

संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारहरूले पहिचानका लागि ‘स्रष्टा-कलाकार परिचय पत्र’ पाउने भएका छन् । संगीत तथा नाट्य विधामा अथक साधना मार्फत समाज र राष्ट्रमा पु¥याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गर्न नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पहलमा परिचय पत्र प्रदान गरिन लागिएको हो ।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले परिचयपत्रका लागि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको स्वीकृतिमा ‘स्रष्टा-कलाकार परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७३’ तयार पारिसकेको छ ।
प्रतिष्ठानका उपकुलपति तथा कलाकार परिचयपत्र सिफारिस समितिका संयोजक शम्भुजित बास्कोटाले कार्यविधिका आधारमा गठित समिति तथा उपसमितिको सिफारिसमा प्रतिष्ठानले परिचय पत्र दिने जानकारी दिएका छन ।
श्रष्टा तथा कलाकारहरूको योगदानको कदर हुने, उनीहरूको पहिचान गराउने र प्रज्ञा प्रतिष्ठानमा समेत कलाकारहरूको अभिलेख राख्न परिचयपत्रले सहयोग पुग्ने उपकुलपति बाँसकोटाले जानकारी दिए ।
प्रतिष्ठानले कायविधि अनुसार प्रतिष्ठित, वरिष्ठ र साधारण गरी तीन श्रेणीमा परिचयपत्र वितरण गर्ने छ ।
‘प्रतिष्ठित श्रेणी’को परिचय पत्र पाउन सिर्जना वा साधनामा ३० वर्षको निरन्तरता, कम्तिमा २ सय गीतको प्रसारण वा प्रकाशन, सरकारी सम्मान वा पुरस्कार पाएको, निजी सघं संस्थाबाट १० वटा सम्मान पाएको, आफ्नो विधाको पाँच प्रतियोगितामा निर्णायक रहेको, गीत संगीतसँग सम्बन्धित संस्थाको कार्यसमितिमा ४ वर्ष रहेको वा संरक्षक वा सल्लाहकार बनेको हुनु पर्नेछ ।

यस्तै ‘वरिष्ठ श्रेणी’का लागि आफ्नो विधामा १५ वर्षको निरन्तरता, कम्तिमा १ सय ५० गीत प्रसारण वा प्रकाशन, कम्तिमा ५ वटा सम्मान पाएको, आफ्नो विधाको ३ प्रतियोगितामा निर्णायक भएको तथा गीत संगीतको संस्थाको कार्यसमितिमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्नेछ ।
त्यसैगरी गीतकार, संगीतकार, लोकभाका संकलक, गायक गायिका, संगीतसंयोजक र वाद्यवादकले ‘साधारण श्रेणी’को परिचय पत्रप्राप्त गर्न सम्बन्धित विधामा ५ वर्ष क्रियाशील, कम्तिमा २५ वटा गीत वा संगीत प्रसारण वा प्रकाशन, सरकारबाट स्वीकृति लिएको विधागत संस्थाबाट सदस्यता पाएको र आफू आबद्ध संघ संस्थाको सिफारिस भएको हुनुपर्नेछ ।

नृत्यकार, नृत्य निर्देशक, नाटककार, नाट्य निर्देशक, रंगकर्मीको हकमा ‘प्रतिष्ठित श्रेणी’का लागि ३० वर्षको योगदान, नाट्य विधामा कम्तिमा १५ वटा नाटक प्रकाशन, निर्देशन, प्रर्दशन वा मञ्चन, नृत्य निर्देशकको हकमा ३ सय तथा नृत्यकारको हकमा ५ सय प्रस्तुति, कम्तिमा १० वटा सम्मान पाएको, सम्बन्धित विधाको प्रतियोगितामा कम्तिमा १० वटामा निर्णायक रहेको, विधागत संस्थाको कार्य समितिमा ४ वर्ष काम गरेको वा संरक्षक वा सल्लाहकारको भूमिका निर्वाह गरेको हुनुपर्नेछ ।

यस्तै, ‘वरिष्ठ श्रेणी’का लागि सम्बन्धित विधामा १५ वर्षको योगदान, नाट्य विधाको हकमा कम्तिमा १० वटा नाटक प्रकाशन, निर्देशन, प्रर्दशन वा मञ्चन, नृत्य निर्देशकको हकमा २ सय र नृत्यकारको हकमा ३ सय प्रस्तुति, कम्तिमा ५ मान, सम्मान वा पुरस्कार पाएको, सम्बन्धित विधाको पाँच प्रतियोगितामा निर्णायक भएको र सरकारी तथा गैरसरकारी संस्थामा कम्तिमा २ वर्ष योगदान दिएको हुनुपर्नेछ ।

‘साधारण श्रेणी’लाई सम्बन्धित विधामा ५ वर्षसम्म क्रियाशील, नाट्य विधाको हकमा कम्तिमा ५ वटा नाटक प्रकाशन, निर्देशन, प्रर्दशन वा मञ्चन र नृत्य निर्देशकको हकमा १ सय र नृत्यकारको हकमा २ सय प्रस्तुति, सामाजिक तथा सांस्कृतिक सम्मान र पुरस्कारप्राप्त र सरकारबाट स्वीकृत विधागत संस्थाबाट सदस्यता पाएको र आपूm सम्बद्ध संघ–संस्थाबाट सिफारिस प्राप्त गरेको हुनुपर्नेछ । प्रतिष्ठानले सम्बन्धित विधागत फारामबाट प्राप्त असुली रकमबाट केही रकम कल्याणकारी कोषमा जम्मा गरिने जनाएको छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907