संगीतकर्मी कल्याणकारी कोषमा एकैदिन ६८ हजार ५ सय रुपैया सहयोग -संगीतकार काली र गोबिन्द ,गीतकार राजुवाबु र जेबि कोषमा जोडिए

संगीतकर्मी कल्याणकारी कोषमा सनिबार एकै दिन ६८ हजार ५ सय रुपैया सहयोग प्राप्त भएको छ ।
गीतकार जेबि घले संयोगी ले २५ हजार रुपैया कोषलाई हस्तान्तरण गरेका हुन । हिजो संगीत रोयल्टी संकलन समाजको साधारण सभाका अबसरमा रोयल्टी बुझदै गीतकार संयोगीले सहयोग रकम हस्तान्तरण गरेका हुन । त्यसैगरी संगीतकार कालि प्रसाद बाँसकोटाले यस अघि घोषणा गरेको २२ हजार ५ सय रुपैया सहयोग रकम पनि हिजै हस्तान्तरण गरिएको हो । कालिका तर्फ बाट प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुलीले सहयोग रकम कोषलाई हस्तान्तरण गरेका हुन । अब छिट्टै गायक प्रमोद खरेल र गायिका अन्जु पन्तले पनि कोषलाई सहयोग हस्तान्तरण गर्ने पराजुलीले जानकारी दिए । त्यसैगरी गीतकार राजु बाबु श्रेष्ठले सिर्जनाको रोयल्टी ग्रहण गर्दै आफ्नो तर्फबाट ११ हजार रुपैया कल्याणकारी कोषलाई सहयोगको घोषणा गरे । हिजै चौथो नम्वरमा रोयल्टी बुझेका संगीतकार गोबिन्द मधुर आचार्यले पनि कल्याणकारी कोषलाई १० हजार रुपैया सहयोगको घोषणा गरे ।
यसैबीच चर्चित संगीतकार राजनराज सिवाकोटिले छिट्टै एक औपचारीक कार्यक्रम गरी आफ्नो तर्फ बाट कल्याणकारी कोषमा सहयोग रकम हस्तान्तरण गर्ने जानकारी दिएका छन । त्यसैगरी मंसीर २७ गते प्रदर्शनमा आउने चलचित्र सुपर गोर्खेका निर्माता एबं निर्देशक राज थापाले पनि चलचित्रको टिमको तर्फबाट कल्याणकारी कोषलाई सहयोग गर्नेबचन दिएका छन ।
संगीतकर्मी हरुलाई आपत विपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषबृद्धिका लागि संगीतकार संघले बिभिन्न कार्यक्रमहरु गर्दै आएकोछ । कोष मा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम निरन्तर रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिएका छन ।
अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधि खोजी गर्दै सहयोग रकमको प्रतिबद्धता ब्यक्त गरेका छन । दाताहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिएका छन । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ ।
नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।
अहिले सम्म ७ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ४ जना सर्जकको निधनका बेला कोषबाट २ लाख ४४ हजार २ सय ४१रुपैया सहयोग गरिएको संघका कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन । कोषको कार्तिक १३ गते सम्मको सार्बजनिक विवरण अनुसार कोषमा बचत ८ लाख ९२ हजार ९० रुपैया ८ पैसा रहेको छ ।

कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका छन । कल्याणकारी कोष बृद्धिका लागि तिहारमा देउसी भैलो खेलिएको थियो । केहि समय पछि मेचीकाली यात्रा गरिने पनि संघले जनाएको छ ।

 

सम्बन्धित समाचार

1 Comment for “संगीतकर्मी कल्याणकारी कोषमा एकैदिन ६८ हजार ५ सय रुपैया सहयोग -संगीतकार काली र गोबिन्द ,गीतकार राजुवाबु र जेबि कोषमा जोडिए”

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907