संगीत रोयल्टी संकलन समाज नेपालको दशौ साधारण सभा सम्पन्न

संगीत रोयल्टी संकलन समाज नेपालको दशौ साधारण सभा सम्पन्न

 कालि,राजनराज,पुष्पा र गोबिन्दले बुझे सबै भन्दा धेरै रोयल्टी 

गीत संगीतकर्मीको एकताले छोटो समयमा नेपालमा गीत संगीतको सार्बजनिक प्रयोग बापत श्रष्टाले प्राप्त गर्ने रोयल्टी ब्यबस्थापन प्रभावकारी बन्दै गएको संगीतकर्मीहरुले बताएका छन ।

3सनिबार संगीत रोयल्टी संकलन समाज नेपालको दशौ बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले अन्य मुलुकको अभ्याससंग तुलना गर्ने हो भने नेपालमा दशवर्ष भित्रमा रोयल्टी संकलन र ब्यबस्थापनमा उल्लेख्य उपलब्धि हासील हुदै गरेको बताएका हुन ।
यद्यपी अझै केहि समय सरकारको प्रत्येक्ष हस्तक्षेपकारी भुमिकाको खाँचौ बक्ताहरुले औल्याएका छन ।

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार राजेन्द्र सिग्देलले प्रमुख अतिथिको मन्तब्य राख्दै रजिष्ट्रारको कार्यालय स्रष्टा सर्जकको अधिकार रक्षागर्न र स्थापित गर्न सधै सहयोगी रहने बताए । सिग्देलले स्रष्टा आफै सचेत हुन आबस्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै बरिष्ठ गीतकार एबं पूर्व सचिव दिनेश अधिकारीले रोयल्टी ब्यबस्थापनमा ५६ साल देखि आवाज उठाउदै आएको स्मरण गरे । उनले आजका दिनमा रोयल्टी संकलन र ब्यबस्थापनमा सकारात्मक सफलता प्राप्त हुदै गरेको भन्दै अधिकारका लागि सरकारी निकायलाई बेला बेला चिमोटी रहन कार्यसमितिलाई आग्रह गरे ।

2संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले असली स्रष्टा औषधी नपाएर मर्नु पर्ने अबस्था र स्रष्टाका सिर्जना प्रयोगकर्ता आनन्दले घुम्ने अबस्थाको अन्त्यका लागि स्रष्टा एक जुट हुँनै पर्ने बताए । उनले अहिले आशाका किरणहरु फैलिदै गएको भन्दै खुसी ब्यक्त गरे । शेषले अबको पुस्ताले बौद्धिक सम्पत्तिको उपभोग र रक्षाका लागि आन्दोलन गर्नु पर्ने दिन आउन नदिन सबैको साथ सहयोगको अपेक्षा गरे ।
त्यसैगरी प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुली र संगीत उत्पादक समाज नेपालका महासचिव हुम गैरेले तीनवटै सिएमओ एकजुट भएर रोयल्टी संकलन र ब्यबस्थापनमा लागेका कारण सिर्जनाको मोल सर्जकले पाउदै गरेको र यो मात्रा बढदै जाने बिश्वास ब्यक्त गरे ।

संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारीले रोयल्टी संकलन र ब्यबस्थापनमा केहि कानुनि र केहि प्राबिधक चुनौती अझै बाँकि रहेकोले त्यसलाई सहज बनाउन सरकारले सहयोग गरे राज्यको कुल ग्राहस्थ उत्पादनको सूचकमा परिवर्तन आउने ठोकुवा गरे ।
कार्यक्रममा एनसेल प्लेटफर्म बाट २०१६ देखी डिसेम्बर २०१७ जुलाई सम्मको सर्बाधिक ब्यापार गर्ने १००गीतका ४० सर्जकलाई रोलल्टी हस्तान्तरण गरिएको थियो ।

1जसमा संगीतकार कालि प्रसाद बाँसकोटा ३ लाख भन्दा माथिको रोयल्टी बुझेर पहिलो नम्बरको रोयल्टी प्राप्त गर्ने स्रष्टा बने । त्यसैगरी झण्डै डेढ लाखको रोयल्टी बुझेका संगीतकार राजनराज सिवाकोटी दोश्रो ,१लाख बिस हजार माथिको रोयल्टी प्राप्त गरेर गीतकार पुष्पा खनाल तेश्रो र त्यत्तिनै रोयल्टी बुझेका संगीतकार गोबिन्द मधुर आचार्य चौथो बने ।

दशौ बार्षिक साधारण सभाले कोषाध्यक्ष लोकराज अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन,रमहासचिव महेश खडकाको तर्फ बाट प्रस्तुत गरिएको प्रगति प्रतिबेदन पारीत गरेको छ । त्यसैगरी एसोशयिट सदस्यको पुरानो मापदण्डलाई साधारण सभाले हाललाई स्थगीत गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907