याङ्गशुले पहिरिन आठौ लिटिल मिस नेपालको ताज:टर्कीमा हुने लिटिल मिस वल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने

देशभरका १ सय १० प्रतिष्पर्धीलाई पछाडी पार्दै ९ बर्षिया बाल कलाकार याङ्गशु श्रेष्ठले आठौ लिटिल मिस नेपालको ताज पहिरिन सफल भएकी छन ।
सनिबार राजधानीमा सम्पन्न प्रतियोगीतामा दाङ्ग बाट भाग लिएकी याङ्गशुले उपाधि संगै नगद दुईलाख पुरस्कार पनि पाइन । लिटिल मिस नेपालको उपाधि संगै उनले ट्यालेन्ट अबार्ड र बेष्ट क्याटवाक अवार्ड पनि प्राप्त गरिन । यो उपाधि संगै अब उनले अर्को महिना टर्कीमा हुने लिटिल मिस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन ।
नेपाली चलचित्र नाई नभन्नु ल ४ र केहि स्थानिय स्तरमा बनेका चलचित्रमा समेत अभिनय गरेकि याङ्गशु नृत्यमा पोख्त छिन । उनले नेपालका धेरै र भारतका केहि स्थानमा समेत आफ्नो नृत्यकला प्रस्तुत गरिसकेकी छन । केहि समय पहिले उनले गीत पनि रेकर्ड गराएर बाल गायिकाको परिचय पनि थपेकि छिन । प्रसिद्ध संगीतकार महेश खडको संगीत र लोकराज अधिकारीको शब्द रचना यसै पनि म हाँसेको सुहाउछ भन्छन बोलको गीत उनको पहिलो गीत हो । याङ्गशुले आफू जस्तै बाल प्रतिभाको प्रोत्साहनका लागि याङ्गशु फाउण्डेशनका तर्फ बाट एक लाखको अक्षयकोष पनि स्थापना गरेकि छन । संगीतकार संघ नेपालको मातहतमा रहने गरि स्थापना गरिएको अक्षयकोषको ब्याज बाट हरेक बर्ष देशभर बाट छानिएका एकजना १२ बर्ष मुनिको बाल प्रतिभालाई पुरस्कृत गरिने छ ।
त्यसैगरी उनले आफनो प्रस्तुती बाट संकलित रकमको केहि प्रतिशत कटटा गरी खुत्रुकेमा जम्मा गरेको रकम संगीतकर्मी कल्याणकारी कोषलाई हस्तान्तरण गरेकि छन । संगीतकार संघ नेपालले उक्त खुत्रुकेलाई याङ्गशु खुत्रुके नाम दिएर खुत्रुके अभियान चलाउने निर्णय गरेको छ ।
लिटिल मिस नेपालको उपाधि जिते संगै आयोजक मिडिया ल्याण्ड काठमाण्डौले याङ्गशुलाई चलचित्र र बिज्ञापनमा अभिनयको अबसर पनि दिने भएको छ । याङ्गशुको आमा कल्पना श्रेष्ठ पनि चलचित्रकर्मी हुन । उनले एकता नामक चलचित्र निर्माण संगै अभिनय पनि गरेकि छन ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907