पिउँदिन भन्दा भन्दै नेपाली गजल हिन्दी र भोजपुरीमा चोरी

गायक शिव परियारको दशौं एकल एल्वम शिबबुक मा रहेको पिउँदिन भन्दा भन्दै बोलको नेपाली गजल हिन्दी र भोजपुरीमा हुबहु कपी भएको छ ।
यो गजल निहारिका लक्ष्मी शाहिले लेखेकी हुन भने संगीत तारा प्रकास लिम्बुले गरेका हुन । तर याहि गीतको मेलोडी हिन्दी र भोजपुरीमा हुबहु कपी गरिएको छ । यो सर्जकको नैतिक अधिकारको हनन हो ।

यो गजल जिनियस म्यूजिक बाट १० अगस्ट २०१५ मा यु ट्यूवमा अपलोड गरिएको हो । यहि मेलोडीमा भोजपुरी भाषामा बिलिमे किली डालकेबोलको गीत यूवा म्यूजिकले सार्बजनिक गरेको छ । यो कभर संङ नभै एल्वमकै गीतको रुपमा यु ट्यूवमा सार्बजनिक गरिएको छ । जस्मा राज यादवको स्वर यादव राजको शब्द र मोनु सिन्हाको संगीत भनिएको छ । यस्लाई २५ फेबु्रअरी २०१७ मा अपलोड गरिएको छ ।

त्यसैगरी यहि मेलोडीमा प्यारका रोग बोलमा खुश्बु उत्तमले हिन्दीमा यो गजल गाएकी छिन । प्रबिन सोनीको संगीत र कुमुद रसिला मुजम्फरपुरको शब्द रचना भनेर राखिएको यो गीत सोनोटेक बाट १४ जुलाई २०१७ मा अपलोड गरिएको छ । यो गीतको मेलोडी र गीत पहिले नेपालमा सिर्जना गरिएको हो भन्न सकिन्छ । यी दुबै गीतमा कहि कतै मूल सर्जकको नैतिक अधिकारको सम्मान गरिएको छैन ।

र अहिले आएका यी दुई गीत कपी गरिएका हुन भन्ने बलियो आधार छ । यो गजल हुबुह कपी भए पछि सर्जकहरु यतिबेला अधिकारको रक्षाका लागि कानुनि बाटो खोजी रहेका छन । नयाँ सिर्जनाका रुपमा राखिएको यी दुबै गीतका बारेमा यु ट्यूव मा प्रतिलिपी अधिकार हननका बारेमा उजुरी गरेपनि सुनुवाई नभएको गायक शिव परियारले जानकारी दिएका छन । यस अघि म यस्तो गीत गाउछु बोलको गीत असामी भाषामा कपी गरिएको थियो । पछि यो गीत चोरी भएको खबर सार्बजनिक भए पछि आसामी गायक, संगीतकारहरुले अन्जानमा प्रतिलिपि अधिकार हनन भएको भन्दै मूल सर्जकको नाम उल्लेख गरेर नैतिक अधिकारको सम्मान गरेका थिए । नेपालको कानुनले कसैले प्रतिलिपि अधिकारको हनन गरेमा क्षतिपुर्ति सहित जेल सजायको समेत ब्यबस्था गरेको छ ।
यो बिषयमा हिन्दी गीतको कम्पनि सोनेटेकको च्यानलमा राखिएको लिला कृष्णको भारतिय नम्बरमा सम्पर्क गर्दा रिसिभ भएन । त्यसैगरी भोजपुरीको युवा म्यूजिकको फेस बुक पेजमा राखिएको नम्बरमा पनि सम्पर्क गर्दा रिसिभ भएन । कार्यक्रमको सिलसिलामा हाल अमेरिका रहेका शिबबुक एल्वमका निर्माता समेत रहेका गायक शिव परियारले फेसबुक सम्पर्क मार्फत गीत चोरी भएको बिषयमा पटक पटक यु ट्यूव लाई कन्टेन्ट सहित क्लेम रिपोर्ट गरेको ,तर कुनै रेस्पोन्स नगरेको जानकारी दिए । उनले ,अरु गीतको बारेमा गरिएको क्लेम रिपोर्ट तुरुन्त रेस्पोन्स गर्ने तर यो गीतको रेस्पोन्स नै नगर्ने गरेको भन्दै उचित न्यायको लागि सम्बन्धित निकायमा जान चाहेको बताएका छन । उनको प्रश्न छ यसका लागि कहाँ जाने ?

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907