संगीतकर्मी कल्याणकारी कोषको भदौ महिनाको बिवरण सार्बजनिक :८ लाख ८९हजार ७७० रुपैया ८ पैसा बचत
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको भदौ महिनाको विबरण सार्बजनिक गरिएको छ । विबरण अनुसार कोषमा ८ लाख ८९हजार ७७० रुपैया ८ पैसा बचत रहेको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम निरन्तर रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिएका छन ।
अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधि खोजी गर्दै सहयोग रकमको प्रतिबद्धता ब्यक्त गरेका छन । दाताहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिएका छन । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ । इच्छुक दाताले म्यूजिक संसार नेपालको वेव साइटमा रहेको डोनेट बक्स मार्फत कल्याणकारी कोषमा सहयोग रकम जम्मा गर्न सकिने छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।
अहिले सम्म ६ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ४ जना सर्जकको निधनका बेला कोषबाट १ लाख ९४ हजार २ सय ४१रुपैया सहयोग गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका छन । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि संघले बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने र कल्याणकारी कोष बृद्धिका लागि मेचीकाली यात्रा गरिने संघले जनाएको छ ।