मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव २ म्याग्निच्युड को शक्तिशाली भूकम्प गएको छ।

मेक्सिकोका राष्ट्रपति एनरिके पेनिया नियटोले आफ्नो मुलुकमा गएको भूकम्पलाई एक शताब्दी यताकै शक्तिशाली भूकम्प भनेका छन् ।

भूकम्पका कारण छिमेकी देश ग्वाटेमालामा पनि एक जनाको ज्यान गएको उनले बताए ।

मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव २ म्याग्निच्युड को शक्तिशाली भूकम्प जाँदा कम्तीमा ६ जनाको ज्यान गएको छ।

८ दशमलव २ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु पिजीजीपान शहरभन्दा ८७ किलोमिटर दक्षिण पश्चिमतर्फ रहेको नियटोले जनाए।

गहिरा

युएस जीओलोजिकल सर्भेले भूकम्पको गहिराइ ७० किलोमिटर रहेको जनाएको छ।

भूकम्प लगत्तै मेक्सिकोका साथै छिमेकी देशहरु ग्वाटेमाला, एल साल्भाडोर, कोस्टरिका, निकारागुवा, पानामा र होन्डुरसमा सुनामीको चेतावनी दिइएको छ।

मेक्सिकोमा तीन मिटरसम्मको अग्लो छाल आउन सक्ने बताइएको छ ।

भूकम्पको धक्का मेक्सिको सिटीमा महसुस गरिएको थियो ।

त्यहाँ भवनहरु जोडसँग हल्लिएका थिए र मानिसहरु आत्तिदैँ सडकमा आइपुगेका थिए ।

धक्का

भूकम्पको केन्द्रविन्दुभन्दा १,००० किलोमिटर पर रहेका मेक्सिको सिटीमा एक मिनेटसम्म धक्का महसुस गरिएको थियो ।

मेक्सिकोका लगभग ५ लाख नागरिकहरुले कम्पन महसुस गरेको र मृतकको संख्या बढ्न सक्ने नियटोले बताए।

भूकम्पका कारण दक्षिणी मेक्सिको र पश्चिमी ग्वाटेमालामा धेरै क्षति भएको बताइएको छ ।

आपत्काल घोषणा गरिएको चियापस राज्यको तटीय क्षेत्रहरुबाट मानिसहरुलाई स्थानान्तरण गरिएको थियो ।

यसअघि सन् १९९५ र १९८५ मा मेक्सिकोमा भूकम्प गएका थिए । (श्रोत बिबिसी नेपाल)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907