नेपाली समाज टेक्सासको स्कुल सेप्टेम्बर १० देखि शुरु: दशैं बिशेष कार्यक्रम सेप्टेम्बर २२ मा हुने
डालस, सेप्टेम्बर ४। डालस क्षेत्रमा बिगत लामो समय देखि स्थापित नेपाली समाज टेक्सासले फेरी नेपाली समुदायको सेवाको लागि स्कुल सुचारु गर्दै छ। डालस वरपर नेपालीहरुको संख्या बढे संगै नेपाली विद्यालयको निरन्तरताको आबस्यकता छ। बिगत केहि बर्ष देखि संचालित यो स्कुल यहि सेप्टेम्बर १० गते आइतबार देखि पुन संचालन गर्दैछ। हरेक आइतबार दिउसो १ देखि ४ बजे सम्म यो बिद्यालय संचालन हुनेछ भने यसमा नेपाली भाषा, संस्कृति, कला, नृत्य लगायत थुप्रै जिबनोपयोगी कुराहरु सिकाइने छ। आफ्ना नानिबबुहरुलाई नेपाली परिबेशमा हुर्काउन, नेपाली भाषा बोल्न, पढ्न र लेख्न सक्ने बनाउन यो स्कुलले ठुलो भूमिका खेल्न सक्छ। यो सबै कुराको लागि शुल्क जम्मा एकसय पचीस डलर तोकिएको जानकारी नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले जनाउनु भएको छ।
दशैँ तिहारको बिशेष कार्यक्रम
नेपाली समाज टेक्सासले नेपालीहरुका हरेक पर्बहरुमा केहि न केहि कार्यक्रम आयोजना गर्ने गरेको छ । ठुला चाडहरुमा ठुलै कार्यक्रम र साना चाडहरुमा सानै भए पनि कार्यक्रम गरेर समुदायका हरेक तह र तप्काका सदस्यहरुको सेवा गर्ने गरेको छ। प्रबाशमा चाडबाडको धेरै महत्व हुन्छ। दशैं तिहारको अबसरमा बिबिध सांस्कृतिक कार्यक्रम गर्ने नेपाली समाज टेक्सासको परम्पराको निरन्तरता स्वरुप यसपाली पनि सेप्टेम्बर २२ शुक्रबारका दिन एक बिशेष सांगीतिक र हाँस्य कार्यक्रम गर्दै छ। लोक गायक मिलन लामा र प्रसिद्ध हाँस्य कलाकार मनोज गजुरेलको उपस्थिति रहने उक्त बिशेष कार्यक्रम साँझ ७ देखि १२ सम्म डिजे सहित सम्पन्न हुनेछ। अर्भिंग मलमा सम्पन्न हुने उक्त कार्यक्रममा भाग लिएर आफ्नो संस्कृति र कलाको प्रबर्धन गर्नुको साथै मनोरंजन समेत लिन नेपाली समाज टेक्सासले अनुरोध गरेको छ।