यस बर्षको गीतकार संघको राष्ट्रिय स्रष्टा सम्मान राजेन्द्र थापालाई
गीतकार संघले यस बर्षको राष्ट्रिय स्रष्टा सम्मान बाट गीतकार राजेन्द्र थपालाई सम्मान गर्ने भएको छ । भदौ १३ गते एक कार्यक्रमका बीच थापालाई नगद १ लाख १ रुपैया सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने संघका अध्यक्ष चुडामणी देवकोटाले जानकारी दिएका छन ।
सोहि दिन ५ औँ ‘राष्ट्रिय स्रष्टा सम्मान बर्ष गीत पुरस्कार साथै प्रवासमा स्रष्टा–डायस्पोरा सम्मान पनि बितरण गरिने छ । बर्ष गीत पुरस्कारका लागि संघमा दर्ता भएका गीत बाट उत्कृष्ट १० गीतहरु छनोट गरिएको पनि संघले जनाएको छ । जस्मा विरेन्द्र पाठकको आज फेरि , बिरही कार्कीको आमाको तस्बिर, डि.आर.को उदासी मनलाई, अन्जन किराँतीको एउटा सत्य, सुवास संगम राइको ऋणै ऋणको, शंकरदेव कँडेलको जति नजिक, किरण टी लिम्बकोु, बगी जाने, विमला तुलाचनको म मुस्कुराँउछु , नृपध्वज खड्काको हातको ठेला, र प्रभा बर्तौलाको हिमाल हल्लाउन रहेका छन । उत्कृष्ट हुने गीतले ५१ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।
साथै छनौट समितिबाट सिफारिस गरिएका गीतकार मध्ये बाट विदेशमा बसी नेपाली गीत लेखनमा सक्रिय रहेका गीतकारहरु मध्येबाट एक जनालाई यसै बर्षबाट प्रारम्भ गरिएको ‘प्रवासमा स्रष्टा–डायस्पोरा’ सम्मानबाट नगद ११हजार सहित सम्मान गरिने छ ।
यस बर्ष ५१ हजार राशीको बर्ष गीत पुस्तक पुरस्कार भने स्थगीत गरिएको छ । न्यूनतम ३ वटा पुस्तक प्राप्त हुनु पर्नेमा आवश्यक संख्यामा पुस्तक प्राप्त नभएकाले स्थगन गरिएको संघले जनाएको छ ।