प्रबासमा रहेका संगीतप्रेमी को नेपाली कलाकारलाई सुझाव सहितको पत्र
ईश्वर काफ्ले
संगीत प्रेमी र एउटा संस्थाको दायरा भित्र बसेर हजुरहरु सामु टहल्ने मौका यही समाजले प्रदान गरेको हो । र टहलिदै नि छु । बर्तमान अबस्थाको गीत संगीत र कलाकारहरुको रोजिरोटीलाई नियालेर हेर्दा मुख्य र केन्द्रनै देश बिदेशका स्टेज प्रस्तुति नै प्रमुख भएको छ । केही बर्ष यता ।
जापानमा अबस्थित नेपाली समुुदायमा राष्ट्रिय पर्व या कुनै बिदाका पलमा गर्ने गरेका हरेक गतिविधिको एउटा फ्यानको रुपमा नियाल्दै आएको पनि थिए । अधिकांश विशेष लोकदोहोरी बिधाबाट लगेर संस्कृतिको संरक्षण गर्ने हेतुमा तत्पर रहदै गर्दा धेरै कुराहरुको बारेमा सोच्न बाध्य हुन पर्ने पनि समय आएको थियो । जस्को आफ्नो एल्बम नै छैन जस्को बजारमा चिनिएको वास्तविक नाम छैन कसरी कलाकारको भिसामा स्टेज शो मा चयन हुदै जान्छन । सोंचनिय बिषय छ । बिड्म्बना भनु या सस्तो लोकप्रीयता भनौं या आड्म्बर कथित कलाकारज्यु हरु र कथित अर्गनाइजरको सस्तो लोकप्रीयता र अहमताका शिकार देशकै प्रख्यात कलाकारहरु हुने गरेका छन । अरबको दोहामा केही साल पहिला सामुन्ने घटेका घटनापनि यस्तै थिए । यस्लाई निराकरण गर्न नसकिएला न्यूनीकरण गर्न त प्रयास गर्नु पर्यो नि । खै सम्बन्धित पक्षका ब्यक्तित्व ज्युहरु किन मौन हुनुहुन्छ ? दिनानुदिन यस्ता समस्या उब्जिरहेका हुन्छ्न । बोरामा कुहिएको एउटा आलुलाई मिल्काएर सयौंको आलुको रक्षा गर्र्न्तिर किन उन्मुख हुनहुुन्न तपाईं वरिष्ठ ज्यु हरु ।
पटकपटक प्रत्यक्ष दृश्यपान गरेर सहन नसकेर नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान का वरिष्ठ ब्यत्तित्वहरु संग यस बिषयमा मैले धेरै कुराहरु राखेको पनि थिए । कतारको हकमा धेरै कार्यक्रम स्वयमले पनि विशेष लोकक्षेत्रका उदयमान कलाकारलाई स्टेज दिएर उचित पारिश्रमिक उचित समयमै आफ्नो कर्मथलो फर्काएर पनि कार्यक्रम सगै नेपाली कला संस्कृती बचाउ अभियान कार्यक्रम सम्पन्न गरिएको ज्वलन्त उदाहरण मरुभुमीमा छ्न । यसै परिवारले संमानका साथ प्रदान गरेको मानार्थ सदस्यताको भारले पनि मलाई यसै बस्न दिएको छैन । हामी प्रबासमा छौं तपाईंहरु देशका गहना दुई दिन आएर बर्षौको हाम्रो दुख मेटाउनु हुन्छ र उदासिनताले भरिएको मुहारमा हाँसो र खुशिका बहार ले सुसजित गरिदिनु हुन्छ । यस्तै हो भने के था भोलि हामी यो खुशिबाट बन्चित पनि हुन सक्छौ । ध्यानाकर्षण होस सम्बन्धित पक्षको पद र पावरको सहि ठाउँमा सदुपयोग गरिदिए धेरैको रोजिरोटिमा दख्खल नपुग्ला ।
यस्ता समस्याको सामना आज जापानले गर्नु पर्यो । कला संस्कृतिलाई मुटु मान्ने हामी भोलि कतै प्रबासमा रहदै गर्दा यस्बाट बन्चित हुन पर्ने त हैन ?
अन्तमा सुझाव ब्यक्ती विशेष ,संस्था संगठन अर्गनाइजरको सम्झौता अनुरुपको हस्ताक्षर सहितको आधिकारिक पत्र यसभित्र कति वटा शो ? कति दिनको बसाई सबै प्रष्ट खुलाएर प्रतिष्ठानको कार्यालयमा जानकारी गराउदै प्रतिष्ठानलाई पत्र लेखेर मात्र सम्बन्धित ब्यक्ती जान पाउने र लान पाउने ब्यबस्था यस्को क्राईट एरिया नै लोकदोहोरी भयो भने जुनियर र सिनियर सबै पर्नु हुनेछ ।