गायक स्वरुपराज आचार्यलाइ जिउदै मार्ने पत्रकार र अनलाइन माथि मुद्धा चलाइने
प्रसिद्ध गायक स्वरुपराज आचार्यको दुर्घटनामा परि निधन भएको झुठो समाचार बनाएर सम्प्रेण गर्ने पत्रकार र अनलाइन माथी मुद्धा चलाइने भएको छ । आचार्यले गाएको एउटा गीतलाई अनलाइनमा हिट बनाउने मनशायले केहि अनलाइन पत्रिका हरुले स्वरुपलाई दुर्घटनामा परि निधन भएको शिर्षक दिएर पोष्ट गरेका थिए । सामाजीक सञ्जालमा शेयर गरेको उक्त समाचार भाइरल हुदा काठमाण्डौ आचार्यका शुभ चिन्तकहरुले यसबारे सोधिखोजी सुरु गरे पछि केहि अनलाइनले समाचार हटाएका छन । केहिले शिर्षक परिर्वतन गरेका छन । यो बिषयमा गायक आचार्यले प्रतिकृया दिदै जस्ले गरेको हो त्यो पित पत्रकारीता को नमुना भन्दै उस्ले जघन्य अपराध गरेकोले केश चलाउने जानकारी दिएका छन । गसिप का नाममा कसैको मान प्रतिष्ठा र ख्यातीमा आँच आउने गरि यस प्रकारका गलत समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम र सञ्चारकर्मीहरु लाई कानुनि दायरामा ल्याउनैपर्ने संगीत क्षेत्रका ब्यक्तिहरुले माग गरेका छन ।