संगीतकर्मी कल्याणकारी कोषलाई भक्तराज आचार्य संगीत प्रष्ठिानको ३० हजार गीतकार आनन्द डोवली राईको ११ हजार सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा भक्तराज आचार्य संगीत प्रष्ठिानले ३० हजार सहयोग गरेको छ । राजधानीमा आयोजीत एक बिशेष कार्यक्रममा प्रतिष्ठानका संरक्षक भजन शिरोमणी भक्तराज आचार्य, अध्यक्ष शुशिला आचार्य र सञ्चालक सत्यस्वरुप आचार्यले कोषलाई रकम हस्तान्तरण गर्नु भएको हो ।

यसैबीच गीतकार आनन्द डोवली राईले कोषलाई ११ हजार रुपैया सहयोग गर्नु भएको छ । संगीतकार शान्तीराम राई मार्फत प्राप्त सहयोग गीतकार संगीता बायुङ राईले संगीतकार संघ नेपाललाई हस्तान्तरण गर्नु भएको हो । असार महिना सम्मकोे विवरण बिवरण अनुसार कोषमा ८ लाख ८० हजार ४२९रुपैयाँ ८पैसा जम्मा भएको छ ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिनु भएको छ । अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । उहाँहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिनु भएको छ । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ । इच्छुक दाताले म्यूजिक संसार नेपालको वेव साइटमा रहेको डोनेट बक्स मार्फत कल्याणकारी कोषमा सहयोग रकम जम्मा गर्न सकिने छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । अहिले सम्म कोष बाट ५ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ३ जना सर्जकको निधनका बेला कोषबाट १ लाख ८१ हजार २ सय ३१रुपैया सहयोग गरिसकिएको छ । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । कल्याणकारी कोष बृद्धिका संघले मेचीकाली यात्रा गर्ने भएको छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907