भर्जिनिया निवासी परशुरामद्वारा भण्डारी एनआरएन अमेरिकाको बोर्ड अफ डिरेक्टरमा उम्मेद्वारी

अमेरिकाको राजधानी वाशिंगटन डिसीबाट २० माइल नजिक भर्जिनियाको फेयरफेक्स काउन्टीमा बिगत १३ बर्ष देखि बसोबास गर्दै आउनु भएका परशुराम भण्डारी आउदो अगष्ट ११/१२ मा हुने एन आर एन अमेरिकाको निर्बाचनमा बोर्ड अफ डाइरेक्टरमा आफ्नो उमेद्वारी दिनु भएको छ।

यो आर एन सबैको साझा सस्था भएकोले यो सस्थालाई कसैले पनि आफ्नो स्वार्थ पूर्ति हुने गरी पछाडिबाट निर्देशित नगर्न र आफूलाई मन परेको उमेद्वारलाई मत दिन पनि मतदातासंग अनुरोध गर्दै आफू सबैको मन जित्न सक्ने उमेद्वार भएको दाबी गर्नु हुन्छ । सामाजिक काममा अनबरत लागि रहेको बताउने भण्डारी बिभिन्न सामाजिक सस्थामा रहेको बताउनु हुन्छ । नेपाल एजुकेशन एन्ड कल्चरल सेन्टरको बोर्ड अफ डाइरेक्टर , संखुवा सभा कमिटी अफ युएसए को आजीबन सदस्य, एन आर एन अमेरिकाको आजीबन सदस्य , अमेरिका नेपाल सोसाइटीको आजीबन सदस्य रहेका भण्डारीको अन्य बिभिन्न सामाजिक काममा समेत सहभागिता रहेको बताउनु हुन्छ ।

नेपालमा चेपांग जातिका लागि सन्चालित लक्ष्मी प्रतिष्ठानको आजीवन सदस्य रहेका भण्डारी नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टरको नियमित आम्दानीको श्रोत डलर अ डे को परिकल्पनाकार रहेको समेत बताउनु हुन्छ भने केही नेपालीहरूबाट शुरू गरिएको एभरेष्ट फेडेरल क्रेडिट युनियनको सस्थापक सदस्य हुनु हुन्छ र छरिएर रहेका पूजीलाई संस्थागत रूपमा संकलन गरी आफ्नै समुदायलाइ सस्तो ब्याजमा ऋण उपलब्ध गराउन यस्ले सहयोग गर्ने तर्क उहांको छ । आउदो निर्बाचनमा सबैका भाबना बुझ्न आफू सक्षम भएको र समय पनि दिन सक्ने भएकोले सबै मतदाताहरू समक्ष आफूलाइ मत दिई एन आर एन ए सबैको साझा चौतारी बनाउने काममा सहयोग गर्नआह्वान गर्नु हुन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907