संस्थामा ब्यक्तिबादी लडाइँ अस्वीकार्य हुनुपर्छ

एनआरएनए अमेरिकाको २०१७-१९ कार्यकालको मिति तोकियो। चुनाव हुने हो कि नहुने हो भन्ने दोधारमा रहेको नेपाली डायस्पोरा एकाएक उत्साहित भयो। निर्बाचन तालिकालाइ बदल्दै उम्मेदवारहरुको तालिका पनि प्रकाशित भयो। तीन सय भन्दा बढीको उम्मेद्वारी परे मध्ये जम्मा १६७ जनाको उम्मेद्वारी सदर भयो, अरु सबै आबेदनहरु बदर होइन आबस्यक कागजात बुझाउन र प्रमाण पुर्याएर ल्याउन फिर्ता गरियो। अध्यक्ष पदकै उम्मेदवारको समेत नाम छुट्यो। बजारमा हल्ला शुरु भयो। हरेक मान्छेको बिस्वस्नियतामा शंका गर्न थालियो। सम्बन्धित वा असम्बधित हरेक व्यक्तिले आफ्नै विचार मात्र होइन निर्णयको भर्सन सार्बजनिक गरे।

हामी कुनै कुराको पनि गहिराइमा नपुगी बोल्ने मात्र होइन अन्तिम निर्णय नै गर्न पुग्छौं जहाँबाट फिर्ता आउन मुस्किल हुन्छ। यो मामिलामा पनि त्यस्तै भएको छ। एउटा एनआरएनए को सदस्यको रुपमा हरेक सदस्यले यसमा निहित अधिकारहरुको बराबर प्रयोग गर्न पाउनु पर्छ। यो वा त्यो रुपमा संस्थाले त्यसका सदस्यहरुको पहुँच, आबद्धता वा अन्य कुनै आधारमा पनि अधिकार बाट बन्चित गरिनु न्यायसंगत हुँदैन। संस्था बलियो बनाउन हरेक व्यक्तिको कामको मुल्यांकन र अधिकारको संरक्षण गर्नु पर्छ। तर एउटा सदस्यको स्वार्थ बाझिने वा अर्कोको अनुकूल हुने निर्णय कदापि स्वीकार्य हुँदैन। एउटा सचेत एनआरएनए अमेरिकाको मतदाता वा शुभचिन्तकको रुपमा हामी सबैले वकालत गर्ने भनेको यहि हो। व्यक्तिको बारेमा धेरै कुरा गर्नु भन्दा प्रक्रियागत त्रुटी कहाँनेर छ र अहिलेको अबस्थामा कसरी त्यसलाई सच्च्याउन सकिन्छ भनेर रचनात्मक छलफलको आबस्यकता छ।

निर्बाचन समितिले जुनसुकै आधारमा अयोग्य गरे पनि यसबाट एकसय पचास भन्दा बढी उम्मेदवार मारमा परेका छन् वा पुनर्विचारमा परेका छन्। तर अध्यक्ष पदका प्रत्याशी टेक्सास निबासी गौरी राज जोशी उक्त सुचिमा नपरे पछि अमेरिकाको नेपाली समाजमा खैलामैला मच्चिएको छ। एनआरएनए अमेरिकाको कार्यसमितिमा एक कार्यकाल काम गरेको प्रमाण पुर्याउन निर्बाचन आयोगले पत्राचार गरेको खुलेको छ। अब पक्कै गौरी जोशीले ती प्रमाण सहित फेरी आबेदन हाल्लान। सतहमा आएका कुरा सुन्दा र हेर्दा उम्मेदवार हुन नपाउने कुनै आधार देखिन्न। पुरानो संस्था मर्ज भएर नयाँ संस्था निर्माण भए पछि पुरानोको आबद्धतालाइ मान्यता दिनु पर्छ कि पर्दैन भन्ने कुरा निर्बाचन समितिलाई थाहा होला, त्यसमा हामीले धेरै शंका गर्नु आबस्यक पनि छैन।

हामीले बिर्सेका छैनौं भने अघिल्लो निर्बाचनमा पनि दुइ जनाको लडाइ थियो नगेन्द्र पौडेल र केशब पौडेल। दुइ जनाको इगोको कारण अदालतमा मुद्धा पुग्यो। त्यो मुद्धाको भारी अझै एनआरएनले बोकेकै छ। तर अहिले भने त्यस्तो छैन। संस्थापन पक्ष भनिएका केशव पौडेल र अन्याय गरियो भनिएका गौरी जोशीको भने गाढा मित्रता छ। उहाँहरु ब्यबसायमा पनि साझेदार हुनुहुन्छ। नेपाल जाने आउने पनि संगै गर्नु हुन्छ। गोप्य मिटिंग पनि बाक्लै गर्नु हुन्छ। भित्र भित्र दुइ जनाबीच गोप्य सहमति छ भन्ने समेत गाइगुइ सुनिन्छ। स्थिति हेर्दा यो कुरा मुद्धाको रुपमा अदालतमा जाने सम्भावना पनि छैन। बाहिर हल्ला गरे जस्तो परिस्थिति छैन। तर समर्थकहरुको उत्ताउलो पनले परिस्थित बिगार्ने सम्भावना पनि छ।

यहि तरिकाले परिस्थिति बिग्रिदै गयो, सबैले संस्था भन्दा व्यक्ति प्रमुख भन्ने सोंच राखियो भने चुनाव नहुने, मुद्धा अदालतमा जाने र अन्त्यमा एनआरएनए अमेरिका नै भंग हुने परिस्थिति आउन सक्छ। यस्तो अबस्थामा समाजका व्यक्तित्वहरुले पनि आवेगमा प्रतिक्रिया नदिइ बिधि र विधानको सहि ब्याख्या गर्दै सकेसम्म धेरैलाइ एनआरएन अमेरिकामा समाहित हुने, सक्रिय हुने र नेतृत्व गर्ने बाताबरण निर्माण गर्न हामी सबै खुल्ला हुनु पर्छ। कसैलाई रोक्न र कसैलाई ल्याउन बिधि र विधानको अपब्याख्या गर्ने कामले अल्पकालीन रुपमा त निजि स्वार्थ पुरा होलान तर दिर्घकालिन रुपमा भने संस्थाको हित गर्दैन भन्नेमा सबै सचेत हुन जरुरी छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907