एनआरएनए अमेरिकाको चुनावका उम्मेदवारहरुको नामावली सार्बजनिक
जुलाई २१, अमेरिका।एनआरएनए अमेरिकाको आगामी ११,१२ अगस्तमा हुने निर्बाचनका उम्मेदवारहरुको सुची सार्बजनिक गरिएको छ। उम्मेवारहरुको सुचीबाट अध्यक्षका प्रत्याशी गौरी राज जोशी हटाइएका छन्। ३०० भन्दा बढीको उम्मेद्वारी परेकोमा जम्मा १६७ जनाको नाम मात्र सार्बजनिक गरिएको छ। कुन कुन आधारमा उम्मेदवारहरु हटाइए भन्ने खुल्न नसके पनि यसले एनआरएनए अमेरिका र समग्र अमेरिकाको नेपाली समाजमा तरंग उत्पन्न गर्न सक्ने देखिन्छ।
नेपालमा जस्तै अमेरिकामा पनि नेपाली समाज अत्यन्त विभक्त छ। आफ्नो सानोतिनो स्वार्थ पूर्तिको लागि संगठनको बलि चढाउने कालिदास प्रवृति नेपालीहरुको मामिलामा नौलो होइन। बिधान र कानुनको ब्याख्या मनपरी रुपले गर्ने काम पनि संधै हुँदै आएको छ। बिशेष गरी अध्यक्ष पदका उम्मेदवार गौरी राज जोशीको उम्मेद्वारी रद्ध भए संगै बिधान ब्याख्याको बहस फेरी सतहमा आएको छ। आइसीसीको बिधानलाइ आधार मानेर गरिएको निर्णय गरिएको छ।
अध्यक्षको उम्मेदवार हुन चाहिने योग्यता बिधानमा प्रस्ट छ । तर जोशी यति अघि बढी सक्दा पनि केहि नबोल्नु आइसिसिको कमजोरी हो। यदि उनलाई अयोग्य नै बनाउनु थियो भने शुरुमै किन भनिएन ? यो प्रश्न सायद धेरैको मनमा उठ्न सक्छ। अर्को तिर यदि बिधानमा यस्तो कुरा प्रस्ट थियो भने जोशी आफै किन यति अघि बढे ? कसले उनलाई सल्लाह दिएको थियो यसो गर्न ? साँघुरो मानसिकताका र निहित स्वार्थ बोकेका सल्लाहकरुको कारण यसो त गरिएको होइन भन्ने प्रश्न समेत उठेको छ। अत्यन्त सरल मिजासका धनी जोशीलाई अर्को कार्यकालमा समेत नेतृत्वमा जान नदिने चाल कसले चलेको थियो ? त्यता तर्फ सोच्नु पर्ने बेला समेत आएको छ।