नेपाली लाई कुत्ता भन्ने अमेरिकामा रहेका नेपाली भाषी भुटानी राकेश काफ्ले नेपालमा बहिस्कृत 

अमेरिकामा रहेका नेपाली भाषी भुटानी राकेश काफ्लेले नेपालीलाई कुत्ता र खाते भनेर अपमान गरेपछि उनलाई नेपालमा बहिस्कृत गरिएको छ । यसको सुरुवात संगीत क्षेत्रबाट गरिएको छ । उनको अभिब्यीक्त प्रति खेद ब्यक्त गर्दै संगीतकार संघ नेपालले काफ्लेलाई सामाजिक र सांगीतिक बहिस्कार गर्ने निर्णय गरेको छ । उनका कुनैपनि सृजना नेपालमा उत्पादन , प्रकाशन , प्रसारण हुन नदिनुका साथै समाजिक सञ्जालमा उनले ब्यक्त गरेका अपमान जनक र ब्यक्तिगत मानमर्दन गरिएका अभिब्यक्तिहरु को कानुनि उपचार खोज्ने प्रकृया सुरु गरिएको संघले जनाएको छ । त्यस्तै उनका सृजना प्रसारण र प्रकाशन नगर्न पनि संघले सबैलाई आग्रह गरेको छ । आफूलाई कला गला र संगीत प्रेमी भन्न रुचाउने काफ्लेका नाममा केहि सांगीतिक सृजना नेपालमा तयार भएका हुन । तिनै सृजना मार्फत गीतकारको परिचय बनाएका काफ्लेले सिंगो संगीत क्षेत्रलाई नै तथानाम गरेका छन । हुनत काफलेका नामका ती गीति रचनालाई नेपालका केहि गीतकार र संगीतकारले नै काटकुट पारी मिलाई दिएको खुल्न आएकोछ । आफूलाई ठूलै साहित्यकार ठान्ने दम्भ बोकेर बसेका काफ्रले सधै बिवादित रहेको उनलाई नजिक बाट चिन्नेहरु बताउछन । अमेरिकमा रहेका अन्य भुटानी समुदायले गरेको कामलाई समेत सधै आलोचना तल्लो स्तरको भाषाले अपमानित गरेका कारण हालै अमेरिकामा गठन भएको भुटनीज अमेरिकन सांगीतिक संगठन मा काफ्ले अटाउन सकेनन । काफ्ले संघ संगठनमा मात्र हैन आफनै समुदाय र आफन्तहरु संग समेत अटाउन नसक्ने भैसकेको एकजना संगीतप्रेमी भुटनिजले जानकारी दिए । उनले भने यहाँ त उप्रदो गरेकै थियो नेपालमा पनि गरेछ । घर परिवारलाई समेत दिक्क बनाएको छ यस्ले । यो संग बोल्नु कुरा गर्नु संझाउनु ब्यर्थ छ यस्लाई वेवास्ता गर्दा नै इज्जत जोगिन्छ । यो अमेरिकमा पनि तिरस्कृत मान्छे हो उनले भने । काफ्लेको पछिल्लो प्रकरण म्यूजिक खवर म्यूजिक अवार्डमा आयोजकले नोमिनेसन बाट नाम हटाएको भन्ने प्रसंग बाट सुरु भएको हो । आयोजकका अध्यक्ष सुमन पण्डीत भन्छन राकेश जि भुटानी भाको ले हटाइएको हैन । उहाँसंग पैसा मागेका पनि छैनौ । पैसा नदिएर हटाइएको भन्ने सतप्रतिशत गलत हो । हामि कसैसंग लोभ देखाएर वा धम्क्याएर पैसा लिएर अवार्ड गर्दैनौ । त्यस्तो अफवाह फैलाउने लाई हाम्रो चुनौती छ प्रमाण लेराउ यो क्षेत्र नै सधैका लागि छोडिदिन्छु । नेपाली लाई कुत्ता र खाते भनेको प्रमाण भेटिएपछि संगीतकार संघ नेपालको आग्रहमा हटाउने प्रकृयामा निर्णायक मण्डलले काम गरिरहेको छ । काफ्लेले सामाजिक सञ्जालमा नामै तोकेर फोटो सहित गम्भिर आरोप लगाएका ब्यक्ति हुन गीतकार लोकराज अधिकारी । यो बिषयमा अधिकारी संग सोध्दा उनले भने म संगीतकार संघको प्रेस सल्लाहकार हुँ । संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको अभियन्ता सदस्य पनि हुँ । त्यसैले मैलै धेरै हितैषी शुभ चिन्तक संग कोषलाई सहयोग गर्न अनुरोध गर्दै आएको छु । देश बिदेश बाट मेरो अनुरोध लाई स्विकार गर्दै सक्दो सहयोग गर्दै आउनु भएको छ । कमिटमेन्ट गर्नेहरु पनि धेरै हुनुहुन्छ जुन पारदर्शी छ । यस्तै मध्यका एक राकेश  हो । उनले आफ्नो तर्फबाट ३० हजार १ सहयोग गर्छु समाचार बनाइदिनु होला भनेर भने । मैले त्यसै गरे । संगीतकार संघको बिशेष साधारण सभा जेठ १६ गते तय भएको थियो । हामिले सबै दाताहरुलाई त्यहि दिन बिशेष कार्यक्रममा सम्मान गर्ने निर्णय गरेका थियौ । राकेशलाई मैले १६ गतेभन्दा अगाडी तपाइले कमिटमेन्ट गरेको सहयोग पठाउनु भयो भने ठूलो कार्यक्रम छ सम्मानको राम्रो हुन्थ्यो भनेर रिमाइन्ड गरे । तर त्यतिबेला नेपालका संघ संस्था सब चोर हुन भनेर इनबक्स गरे उनले । म बरु ब्यक्तिगत तपाइलाई सहयोग गर्छु तर नेपाली संघ संस्थालाई गर्दिन भने । जव १६ गतेको कार्यक्रम सकियो संगीतकार संघलाई खाते भनेर पोष्ट गरे । जुन कार्य अत्यन्त घृणित थियो । तैपनि मैले सम्झाउने प्रयास गरे । दोहोरो सम्बाद भयो इन्बक्समा । मैले जतिजति संझाउदै गए उति  निचपन मा ओर्लिदै सबै नेपालीलाई कुत्ता भने पछि म क्लियर भए यो मान्छे अत्यन्त नकारात्मक सोंच भएको गलत मान्छे हो भन्ने । अनि मैले शालिनता पुर्वक कुनै पनि कुरा मेरोमा टयाग नगर्नु भने । त्यसपछि उस्ले मलाई ब्लक गरेछ । जव अवार्डको प्रसंग आयो संगीतकार संघ नेपालका अध्यक्षले अवार्ड आयोजक समितिका अध्यक्षलाई यो गम्भिर बिषयबारे जानकारी गराउनु भएछ । र आयोजकले प्रमाण भेटेपछि नोमिनेशन बाट हटाएको बिषयलाई संगीतकार संघका कार्यसमितिका सदस्यले फेसवुकमा पोष्ट गर्नु भएको रहेछ । त्यहि देखेर राकेशले मलाई आफै फेरी अनब्लक गरेर म्यासेज गर्यो । मैले रेष्पोन्स गरिन । जव मेरो नाम उस्ले मेन्सन गरेर आरोप लगायो त्यसपछि मैले उस्ले म संग गरेका कुराहरु सार्बजनिक गर्दिए । करेक्सन गर आफूलाई समय छ भनेर संझाए तर उ यति घटिया रहेछ कि फेरी जे पायो त्यहि पोष्ट गर्न थाल्यो । मैले ब्लक गर्दिए । अहिले संगीतकार संघ नेपालले यो बिषयलाई गम्भिरता पूर्वक लिएर राज्यका निकायहरुसंग पनि छलफल गर्दै छ । बहिस्कार संगै कारवाहिको दायरामा आउछ त्यो काफ्ले । यहि प्रसंगमा जोडिएका संगीतकार बसन्त सापकोटाको टिप्पणी छ काफ्रलेले अहिले एउटा अपराध लुकाउन थप दशवटा अपराध गर्दै हिडेको छ । समग्र नेपालीलाई गाली गर्नैले अपराध ढाकछोप गर्न अहिले फेसवुकमा झुठको खेती गर्दै छ । मानहानी गर्दै हिडेको छ । सहयोग मागेको बिषय अवार्ड संग जोडनु अनि धम्क्याएर सहयोग माग्यो भन्नु कति हाँस्यास्पद छ आफै भन्नुस । यस्तो कुरा कि बिहान देखी बेलुकि सम्म रक्सीमा डुब्ने जड्हयाले गर्छ कि मगज खुस्कि सकेको मान्छेले । सत्य केहो घाम झै छर्लङ्ग छ । अशल मान्छेले यस्तो बेतुकको कुरा गर्दैन । म धेरै बोल्न चाहिन ।

 

सम्बन्धित समाचार

5 Comments for “नेपाली लाई कुत्ता भन्ने अमेरिकामा रहेका नेपाली भाषी भुटानी राकेश काफ्ले नेपालमा बहिस्कृत ”

  1. Biku

    यो अत्यन्तै दुखद समाचार हो। म पनि एक नेपाली भाषी भटानी हु र हाल अमेरीकामा बस्छु। कलाकार जहाँको होस त्यसले फरक पार्दैन तर उ कला प्रति कतिको ईमान्दार वा बेईमान छ, त्यसले फरक पार्छ। मैले कहिलेयै नेपाले र भोटाङे भन्न जानीन र जान्दिन पनि। यसरी एउटा कलाकारले अर्को कलाकारलाई कुत्ता वा खाते भन्नु निन्दनिय कुरो हो। म फेरी पनि भन्छु कलाकार भुगोलले होईन क्षमताले महान हुन्छ। राकेश काफ्ले दाई तपाईले यो राम्रो गर्नु भएन। यसरी त हामी अमेरिकामा बस्ने भनेपाली भाषी भुटानीहरूलाई नै असर पर्न जान्छ र म सम्पूर्णमा यो अनुरोध गर्दछु कि एकजनाले दिएको अभिव्यक्ती वा पोस्टलाई आधार मानेर हामी सबैलाई नराम्रो नसोचिदिनु होला।
    जो जहाँ रहे पनि हामी सबै नेपाली संगित-कलाका पुजारी हौ।

  2. Kadariya GD

    Mr Rakesh
    So sorry to see you so rude …. Plz learn to respect Nepali & Nepali !
    On behalf of Bhutanese i feel so sorry to see these . And reassured to media that he has reflected his own character hope this will not ruin the reputation of entire Bhutanese. Thanks

  3. Ashok

    आजको यो दिनमा आएर एकजना नेपालीले अर्को नेपालीको आलोचना गराएको/भएको पढ्नु पर्दा दुःख लाग्यो। यहाँ कुरा को ठुलो को सानो भन्ने भईरहेछ,को कत्तिको ताकतवर छ? कसमा कत्ति दम छ? ठूला श्रष्टा को?या भनौं ठुलो दाता को…..? जुन कुराले कला क्षेत्र(साहित्यिक होस या साङ्गितक) लाई आफ्नो व्याक्तित्व विकासको आधार मात्र ठानिएको बुझ्छु म। के नेपाली? के भुटानी? सानो-ठुलो,कालो-गोरो,धनि-गरिब सृजना जोसुकैको होस्। सर्जकहरू सर्जक नै हुन्। हामीले,अबको तपाईहरुको अनुयायीहरुले तपाई अग्रजहरूबाट के सिक्ने? के आशा गर्ने?

  4. N B Giri

    I am surprised to hear such things from an educated person. All arts, academicians, songs, music, sports etc. loving people are supposed to be kind, friendly, romantic, helpful, sportsmanship, intellectual and above all a responsible citizen. But, this has shown it is not true. I am very sorry for Rakesh Kafley who lost his sense.

  5. paisa nai sabai bhanda thulo paap ko jaad ho…! kuro paisa ko matra dhekhiyo…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907