संगीतकार संघको साधारण सभा सम्पन्न : बन्यो संगीतकर्मी कल्याणकारी कोषको कार्यबिधी : दाताहरु सम्मानीत

दुई गीतकारलाई संगीतकार संघको बिशेष सम्मान :प्रसिद्ध संगीतकार शम्भुजित बाँसकोटाको कोषलाई ५० हजार सहयोग :सर्जकको उपचारमा नेपाल मेडिकल कलेजले पचास प्रतिशत अनिबार्य छुट दिने
संगीतकार संघ नेपालको सातौ बार्षिक साधारण सभा सम्पन्न राजधानीमा सम्पन्न भएको छ । 18816720_1237891386323026_1915340021_nप्रसिद्ध संगीतकार दिपक जंगमको प्रमुख आतिथ्य र संस्कृति मन्त्रालयका सहसचिव भरतमणी सुवेदीको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले संगीतकार संघ नेपालका गतिबिधीले नेपाली श्रष्टा सर्जकको हक अधिकार स्थापीत गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै मुक्त कण्ठले प्रसंसा गरेका छन । 18834616_1237891382989693_1994350656_nबक्ताहरुले गीत संगीत संग सम्बन्धित सबै संघ संस्थालाई समन्वय गरी नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै प्रसंसा संगै संगीतकार संघले थालेका सर्जकको हक अधिकार संगै सुरक्षा, सहयोग र कल्याण गर्ने अभियान प्रति सधै साथ र समर्थन रहने पनि बताए । 18788649_1518640821521869_1745215967_nप्रमुख अतिथि जंगमले संगीतकार संघले कुरा हैन काम गरेर देखाउने गरेको भन्दै बर्तमान नेतृत्वबाट धेरै आशा राखेको बताउनु भयो। कार्यक्रममा संगीतकार संघका संरक्षक समेत रहेका संगीत नाटय एकेडेमीमा उपकुलपति शम्भुजित बाँसकोटा, संगीतकार शक्ति बल्लभ, संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी,संगीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो । साधारण सभाले संगीतकर्मी कल्याणकारी कोषको कार्यबिधी ,महासचिव महेश खडकाको आर्थिक र कोषाध्यक्ष हरी लम्सालको आर्थिक प्रतिवेदन सर्बसम्मत पारीत गरेको छ । कार्यक्रममा संगीतकर्मी कल्याणकारी कोषका सहयोगी दाता हरुलाई सम्मान गरिएको थियो । त्यस अबसरमा संघका प्रेस सल्लाहकार समेत रहेका गीतकार लोकराज अधिकारी,र कानुनी सललाहकार समेत रहेका गीतकार राम भटटराईलाई बिशेष सम्मान गरिएको थियो । नेपाली गीतसंगीत क्षेत्रको उत्थान, संगीतकर्मीहरुको हक अधिकार स्थापना र संगीतकर्मीका लागि कल्याणकारी कर्म गरे बापत दुई गीतकारलाई सम्मान गरिएको हो । 18835057_1237891262989705_1232647369_nत्यसैगरी सिटीजन्स बैंक ,रोटरी क्लव अफ न्युरोड सिटी, म्यूजिक संसार प्राली, बिन्ध्यबासिनी फाउन्डेशन लगायतका संस्थालाई पनि बिशेष सम्मान गरिएको थियो । कार्यक्रममा दाताहरुको तर्फबाट ९ बर्षिया बालकलाकार याङ्गसु श्रेष्ठले बोलेकि थिइन । उनले आफूले गीत गाएर कमाएको पैसाको केहि हिस्सा भन्दै कल्याणकारी कोषमा खुत्रुके सहित हस्तान्तरण गर्दा अग्रजहरुको आँखामा आशु देखिएको थियो । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उदेश्यले कल्याणकारी कोष स्थापना गरिएको हो । कार्यक्रममा प्रसिद्ध संगीतकार शम्भुजित बाँसकोटाको कोषलाई ५० हजार सहयोग गर्ने घोषण गर्नु भयो । संगीतकार संघका संरक्षक संगीत नाटय एकेडेमीमा उपकुलपति बाँसकोटाले एकेडेमी सधै संगीतकर्मीको साथमा रहेको बताउदै छिटटै सेलीब्रेटी कार्ड स्रष्टाको हातमा आउन लागेको जानकारी दिनु भयो । साधारण सभामा संगीतकार संघले मातृभुमिको सेवा, समाजिक सदभाव र एकता अनि संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि मेचिमहाकाली सांगीतिक यात्रा गर्ने जानकारी पनि दिइएको थियो । संघका अध्यक्ष लक्ष्मण शेषको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मेडिकल कलेजका तर्फबाट बोल्दै डा प्रकाश पौडेलले अब देखी संगीतकर्मी बिरामी पर्दा नेपाल मेडिकल कलेजले अस्पतालमा लाग्ने सबै खर्चको पचास प्रतिशत अनिबार्य छुट दिने र अबस्था हेरी सतप्रतिशत छुट दिइने निर्णय भएको जानकारी दिनु भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907