युएनए द्वारा आयोजित खेलहरुमा कसले जिते ?

युएनको दोश्रो सम्मेलनमा खेलकुदहरु भए। बास्केटबल, क्रिकेट, फुटबल, भलिबल र टेबल टेनिस खेलमा थुप्रै खेल भए। टेक्सास र अन्य राज्यका खेलाडीहरु डालस वरपर रहेका थुप्रै मैदानमा उत्रिएर आफ्नो खेल प्रस्तुत गरे। युएनएले प्रदान गरेको यो प्लेटफर्ममा बसेर कतिले खेलमा जित हाँसिल गरे भने कतिले केहि सिकेर जाने अवसर प्राप्त गरे। त्यसमा उनीहरुले जुनसुकै स्थान प्राप्त गरे पनि आफ्नो खेल प्रस्तुत गर्न पाएकोमा मख्ख देखिन्थे। खेलाइएका ५ खेलहरु मध्ये त्यसमा निम्न अनुसार टीमले जिते ।

बास्केटबल:

बास्केटबलमा डेनभर कोलोराडोको टीम प्रथम हुन सफल भएको छ भने दोश्रो स्थान हिमालयन हूप्स डालस टेक्सासले लिन सफल भएको छ। यो खेलमा सबभन्दा मुल्यवान खेलाडी शरद रोबर्टसन् भएका छन्।
क्रिकेट:

क्रिकेटमा डालसको डालस ओल्ड स्कुल प्रथम भएको छ। दोश्रोमा नेपाली राइनोज डालसले बाजी मारेको छ। यो खेलमा सबभन्दा मुल्यवान खेलाडी नेपाली राइनोजका राकेश कर्ण बन्न सफल भएका छन्।
फुटबल:

फुटबल खेल सदा झैं रोचक रह्यो। फाइनल खेलमा प्रतिस्पर्धी टीम डालसका दुइ स्थानीय थिए। त्यसले गर्दा खेल झन् रोमान्चक बन्न पुग्यो। उक्त खेलमा भास्तिका डालस गुर्खाजले बिजयको माला पहिरन सफल भयो भने दोश्रो एभरेस्ट फुटबल क्लब बन्यो। फुटबल खेलको यो रोमान्चक घडीमा खेलमा सबभन्दा मूल्यबान खेलाडी भास्तिका डालस गुर्खाजका भुवन बस्नेत बनेका छन्।
भलिबल :

भलिबल खेल डालसको नेपाली बीच लोकप्रिय बन्दै गरेको खेल हो। यसमा राम्रा खेलाडीहरु हुनु र तिब्र प्रतिष्पर्धा हुनु यसको मुख्य कारण हो। यसपटक युएनएको भलिबल प्रतियोगितामा युनाइटेड डालस फोर्ट वर्थ बिजयी भएको छ। उत्कृस्ट प्रदर्शन गर्दै अर्भिंग स्थित स्टार बोयज रातोले दोश्रो स्थान हाँसिल गरेको छ। सबभन्दा मुल्यवान खेलाडी डालस गुर्खाजका नेत्र गुरुङ बनेका छन्।
पिङ्गपंग:

पिङ्गपंग खेलमा सुशान्त बाँस्कोटा पहिलो बन्न सफल भएका छन्। त्यसै गरी दोश्रो संजय पौडेल र तेश्रो स्थान भक्त भण्डारी प्राप्त गरेका छन्।

7

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907